‘द क्लिफ’का अध्यक्ष कार्की राष्ट्रपतिबाट जनसेवा श्री पदकबाट विभूषित

<p>कुश्मा । &#8216;द क्लिफ&#8217;का अध्यक्ष राजु कार्की संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट जनसेवा श्री पदकबाट विभूषित भएका छन् । राजुको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदिको खोँचमाथी पर्वत र बाग्लुङ बलेवा जोड्ने गरी बाइएको द क्लिफमा विश्वकै अग्लो स्विङ र विश्वकै दोश्रो अग्लो बन्जी जम्प निर्माण भएकाे छ । बन्जी र स्विङसँगै क्लिफमा रिसोर्ट, विश्वकै अग्लो व्यवसायिक [&hellip;]</p>

कुश्मा । ‘द क्लिफ’का अध्यक्ष राजु कार्की संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट जनसेवा श्री पदकबाट विभूषित भएका छन् ।

राजुको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदिको खोँचमाथी पर्वत र बाग्लुङ बलेवा जोड्ने गरी बाइएको द क्लिफमा विश्वकै अग्लो स्विङ र विश्वकै दोश्रो अग्लो बन्जी जम्प निर्माण भएकाे छ ।

बन्जी र स्विङसँगै क्लिफमा रिसोर्ट, विश्वकै अग्लो व्यवसायिक स्काइ रोप साइक्लिङ, स्काइ क्याफे, गुलेली पिङ, क्रेजी ब्रीज, स्काइ ग्लाइडिङ, स्काइ क्याफे लगायत गतिविधि सन्चालनमा छन् ।

राष्ट्रपतिद्वारा नेपालको संविधानको धारा २७७ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को गत भदौ २९ को सिफारिसमा संविधान दिवस, २०७८ को अवसरमा उक्त पदक कार्कीले पाएका हुन् ।

पर्यटन क्षेत्रमा उत्कृष्ट कार्य गरी विशिष्ट योगदान पुर्‍याए वापत कार्की गत वर्ष पर्यटन मन्त्रालय र नेपाल जेसिजबाट पनि सम्मानित भएका थिए ।

Share News