भिटामिन डीको कमीले मानिसको शरीरमा विभिन्न समस्या देखिन सक्छ

<p>काठमाडौं । मानिसको शरीरमा भिटामिन डीको कमीले शारीरिक समस्या मात्र नभई मानसिक समस्या पनि निम्त्याउँछ । रोग प्रतिरोधी क्षमता बढाउन पनि भिटामिन डीले महत्वपूर्ण भूमिका हुन्छ । भिटामिन डीले हड्डी र मांसपेशीलाई बलियो र स्वास्थ्य बनाउन सहयोग गर्छ । शरीरमा भिटामिन डीको कमी भएमा अत्याधिक थकान, हड्डी दुख्ने, ढाड दुख्ने, उदास महसुस, कपाल झर्ने, मांसपेशीहरुमा [&hellip;]</p>

काठमाडौं । मानिसको शरीरमा भिटामिन डीको कमीले शारीरिक समस्या मात्र नभई मानसिक समस्या पनि निम्त्याउँछ । रोग प्रतिरोधी क्षमता बढाउन पनि भिटामिन डीले महत्वपूर्ण भूमिका हुन्छ । भिटामिन डीले हड्डी र मांसपेशीलाई बलियो र स्वास्थ्य बनाउन सहयोग गर्छ ।

शरीरमा भिटामिन डीको कमी भएमा अत्याधिक थकान, हड्डी दुख्ने, ढाड दुख्ने, उदास महसुस, कपाल झर्ने, मांसपेशीहरुमा दुखाई, घाउ निको हुन ढिलाई, स्नायुहरुमा तनाव, रोग प्रतिरोधात्मक क्षमतामा कमी, निन्द्रा लाग्ने, बारम्बार सङ्क्रमण र सास फेर्न गार्हो हुने जस्ता समस्याहरु देखा पर्दछन् । यदी यस्ता समस्या देखा परेमा चिकित्सको सल्लाह लिनुपर्दछ ।

भिटामिन डी को कमी विभिन्न कारणले हुनसक्छ । पछिल्लो समयमा कोरोना संक्रमणपछि मानिसहरुमा भिटामिन डि को कमी हुन थाल्यो । घामबाट टाढा बस्ने मनिसहरुमा पनि यो भिटामिनको कमी हुन्छ । त्यस्तै, खानामा भिटामिन डी युक्त चीजहरु नलिनु पनि ठुलो कारण हो ।

हामीले भिटामिन डी सूर्यको प्रकाशबाट पाँउछौ । त्यसैले बिहानको समयमा हत्तामा २/३ पटक आधा घण्टा छालालाई घामको किरणमा बस्नु पर्छ । योबाहेक माछा, रातो मासु, च्याउ, अन्न, सुन्तलाको जुस, गहँुको पिठो, अण्डाको पहेँलो भाग र दुग्धजन्य पदार्थबाट भिटामिन डी प्राप्त हुन्छ ।

Share News