पूर्व अर्थमन्त्री पाण्डेसँग अर्थशास्त्री वाग्ले र पौडेलको ‘ब्याटल’, जित्ने सम्भावना कसको बढी ?

<p>काठमाडौं । सरकारले मंसिर ४ गतेका लागि प्रदेश र प्रतिनिधिसभाको मिति निर्धारण गरेको छ । चुनावमा विशेष गरेर काँग्रेस, माओवादी र एकिकृत समाजवादी लगायत दल सम्मिलित गठबन्धन र नेकपा एमालेबीच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । चुनावी माहोल आफ्नो पक्षमा पार्ने रणनीतिका साथ अहिले सबै दल जनताकोमाझ जान थालिसकेका छन् । यही बिचमा चितवनको निर्वाचन [&hellip;]</p>

काठमाडौं । सरकारले मंसिर ४ गतेका लागि प्रदेश र प्रतिनिधिसभाको मिति निर्धारण गरेको छ । चुनावमा विशेष गरेर काँग्रेस, माओवादी र एकिकृत समाजवादी लगायत दल सम्मिलित गठबन्धन र नेकपा एमालेबीच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । चुनावी माहोल आफ्नो पक्षमा पार्ने रणनीतिका साथ अहिले सबै दल जनताकोमाझ जान थालिसकेका छन् ।

यही बिचमा चितवनको निर्वाचन क्षेत्र नम्बर एकमा पनि ठूलो प्रतिस्पर्धा हुने देखिएको छ । चितवन एक नम्बर क्षेत्रमा नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे र काँग्रेसबाट अर्थशास्त्री डा.स्वर्णिम वाग्ले या काँग्रेसबाटै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलबीच प्रतिस्पर्धा हुने देखिएको छ । चितवन क्षेत्र नम्बर एक सुरेन्द्र पाण्डेको निर्वाचन क्षेत्र हो । सोही क्षेत्रबाट काँग्रेसका स्वर्णिम वाग्ले र विश्व पौडेलको नाम सिफारिस भएको छ ।

नेता पाण्डे सो क्षेत्रका लोकप्रिय नेता हुन् । काँग्रेसबाट दुई जना अर्थशास्त्रीको नाम सिफारिस भएपछि माहाेल रोचक हुने अनुमान गर्न सकिन्छ । हुनत नेपाली काँग्रेसबाट चितवन क्षेत्र न‍ं. एकका लागि प्रत्यक्षबाट ६ जना र समानुपातिक तर्फ ८ जनाको नाम सिफारिस भएको छ । काँग्रेसका नेता उमेश श्रेष्ठ, त्रिभूवन विश्व विद्यालयका पूर्व उपकुलपति डा.तीर्थ खनिया, राजेन्द्रप्रसाद बुर्लाकाटी, भीमप्रसाद थपलियाको नाम जिल्लामा सिफारिस भएकाे हाे ।

काँग्रेसका केही नेताहरुका अनुसार ६ जना मध्ये राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पौडेल, अर्थशास्त्री डा. वाग्ले र २०७४ सालको निर्वाचनमा एमालेका नेता पाण्डेसँग नै पराजित भएका बुर्लाकोटीले चुनावका लागि टिकट पाउने सम्भावना प्रवल छ । डा. वाग्ले र डा. पौडेल चितवन मात्रै होइन देशभर राम्रो छवि बनाएका व्यक्ती हुन् भने एमालेका नेता पाण्डे लामो क्षेत्रदेखि सो क्षेत्रको विकास निर्माणमा संलग्न छन् । चितवनको विकासमा पाण्डेको भूमीमा पनि ठूलो छ ।

उनी अर्थमन्त्री हुने समयमा मात्रै होइन अन्य समयमा पनि जतिसक्दो ठूलो योजना तथा बढी बजेट चितवन निर्वाचन क्षेत्र नम्बर एकमा पार्ने कसर गरिरहेका हुन्छन् भने त्यसमा उनी सफल पनि बनेका छन् । राष्ट्रिय याेजना आयोगकाे उपाध्यक्षकै हैसियतमा रहेका डा.पौडेलले पनि चितवनमा विकासका योजना पार्न ठूलो भूमिका खेलेका छन् भने अर्थशास्त्री डा. वाग्लेको पनि ठूलो संख्यामा प्रशंसक छन् ।

त्यसैले पनि काँग्रेसबाट पौडेल या वाग्ले जो जाेसुकैले टिकट पाएपनि उनीहरुको प्रतिस्पर्धा एमालेका नेता पाण्डेसँग हुनेछ । हुन त केही दिनअघि पाण्डेले आफ्नो निर्वाचन क्षेत्रमा अमेरिका र बेलायतका अर्थशास्त्रीहरु चुनाव लड्न आएपनि फरक नपर्ने अभिव्यक्ती दिएका थिए।

उनले भनेका छन्, ‘म अहिले पनि आफ्नो निर्वाचनमा मतदाताकै माझमा छु, महिनाको चार पटक निर्वाचन क्षेत्रमा नै हुन्छु, काठमाडौँ हुँदा पनि निरन्तर टेलिफोनमा नागरिकसँग सम्पर्कमा नै रहन्छु,। मैले अघिल्लो निर्वाचनमा गरेका अधिकांश प्रतिबद्धता लगभग पूरा गरेको छु, त्यसैले जोकोहीसँग चुनावी प्रतिस्पर्धा गर्न पनि तयार छु ।’

यो अभिव्यक्तिले पनि उनी आफु जित्नेमा ढुक्क देखिन्छन् । त्यो उनको आफुले गरेको काम र जनताप्रतिको उनको विश्वास पनि हुन सक्छ । तर, गठनबन्धन र त्यसमाथि पनि लोकप्रिय अर्थशास्त्री नै उनीसँग प्रतिस्पर्धा गर्न आउँदा उनीमाथि भारी मात्रै होइन उनको निर्वाचन क्षेत्र नै नखोसिएला भन्न सकिँदैन ।

तीन वटा निर्वाचन क्षेत्र रहेको चितवन नेताहरु लागि चर्चित क्षेत्र पनि हो । माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’को समेत निर्वाचन क्षेत्र रहेको चितवनमा हारजितले नेताहरुलाई धेरै ठूलो प्रभाव पर्छ । त्यसैले पनि अहिले चितवन सबैको केन्द्रबिन्दु बन्न पुगेको हो ।

गठबन्धन चितवन १ मा पनि कायमै रहेमा पाण्डेलाई चुनाव जित्नमा भने सकस पर्ने देखिएको छ । तर, एमालेलाई राप्रपाले पनि सघाउने आन्तरिक तयारी भइरहेको बुझिएको छ । यसले भने पाण्डेलाई केही सहज हुने देखिन्छ । तर, चितवन १ मा गठबन्धन कायम नभए एमालेका पाण्डेले जित्ने निश्चित प्रायः नै छ । तर, दुई जना चर्चित अर्थशास्त्री उनका लागि ठूलो जोखिम बन्न सक्छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा समेत सफल र प्रखर अर्थशास्त्रीका रुपमा परिचित वाग्ले र पौडेलले नयाँ एजेण्डाका साथ जनतामाझ जान सकेमा एमालेको विरासत चितवन १ बाट खोसिने सम्भावना पनि प्रवल छ ।

किनकी सो क्षेत्रमा पाण्डे पटक–पटक निर्वाचित भइसकेका छन् । पाण्डे २०७० र २०७४ मा प्रत्यक्षतर्फबाट निर्वाचित भएका हुन् थिए भने वि.स २०६४ मा समानुपातिक तर्फबाट सभासद् बनेका थिए । तर, उनले २०७४ को चुनावमा भने वाम गठबन्धनको सहयोग पाएर जितेको चर्चा पनि अहिलेे चल्न थालेको छ । एमालेले कुनै पार्टीको सहयोग नपाएमा र अरु दलहरुको गठबन्धन हुन सकेमा पाण्डे स्वतः पराजित हुने आँकलन धेरैको छ ।

तथ्यांकले के भन्छ ?

चितवन १ मा राप्ती नगरपालिका, रत्ननगर नगरपालिका र खैरहनी नगरपालिका पर्छन् । गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा राप्ती नगरपालिकाको प्रमुखमा एकीकृत समाजवादीका शमशेर लामा निर्वाचित भए । उनले एमालेका प्रतिस्पर्धी गोविन्द प्रसाद कँडेललाई पराजित गरेका थिए । लामाले कुल १२ हजार ५२४ मत प्राप्त गरेर विजयी भएका थिए भने उनका प्रतिस्पर्धीले १२ हजार ५१ ल्याएका थिए ।

राप्तीका १३ वडामध्ये एमालेले आठ, कांग्रेसले तीन र समाजवादीले दुई वडा जितेको थियाे । समाजवादीले राप्तिमा काँग्रेसलाई साथ दिएको खण्डमा काँग्रेसका उम्मेदवारले बढी मत ल्याउने सम्भावना देखिन्छ ।

२०७४ को स्थानीय तहको चुनावमा भने राप्ति नगरपालिकामा एमालेकी प्रभा बराल विजयी भएकी थिइन् । त्यतिबेला उनले ११ हजार ६१३ मत प्राप्त गरेकी थिइन् । उनीसँग नेपाली कांग्रेसका किरण भुषण ओली पराजित भएका थिए भने उनले ७ हजार २९२ मत प्राप्त गरेका थिए ।

यस्तै, चितवन क्षेत्र नम्बर एकमै पर्ने रत्ननगर नगरपालिकाको मेयरमा नेपाली कांग्रेस नै विजयी भएको छ । कांग्रेसका प्रल्हाद सापकोटा सो नगरपालिकामा निर्वाचित भएका थिए । उनले २० हजार ७९६ मत प्राप्त गर्दा एमालेका बिमला दुवाडीले जम्मा १२ हजार ७२८ मत प्राप्त गरकी थिइन् । यस नगरपालिमा पनि काँग्रेस नै बलियो देखिन्छ ।

चितवनकै खैैरहनी नगरपालिकाको मेयरमा पनि नेपाली कांग्रेसकै नेता निर्वाचित भएका थिए । नेपाली कांग्रेसका शशिकुमार खनिया १४ हजार ५४५ मतले विजयी भएका थिए भने एमालेका लालमणि चौधरीले १३ हजार ६९५ मत मात्रै पाएका थिए । यसरी स्थानीय तहको निर्वाचनको मत परिणामलाई हेर्दा चितवनको क्षेत्र नं. १ मा काँग्रेस नै बलियो भएर आएको देखिएको छ । यसले पनि नेता पाण्डेलाई ठूलो चुनौतिसँगसँगै जोखिम पनि देखिन्छ ।

चितवन १ मा रहेका तीन पालिका अन्तर्गतका ४२ वटा वडा पर्छन् । जसमध्ये २० वटा वडाका अध्यक्ष एमालेले जितेको छ । कांग्रेसले १८, माओवादी केन्द्रले एक, एकीकृत समाजवादीले एक र स्वतन्त्रले दुई वडाका अध्यक्ष जितेका थिए ।

Share News