मनकामना केबलकार भदौ २५ गतेदेखि सुचारु हुने

<p>काठमाडौं । मनकामना केबलकारको सेवा भदौ २५ गतेदेखि पुन: सुचारु हुने भएको छ । साउन २३ गतेदेखि स्तरोन्नतिको  लागि बन्द भएको केबलकार पुन: सुचारु हुने भएको हो । एनलगबाट डिजिटल सिस्टममा परिवर्तन गर्ने क्रममा चार सातादेखि केबलकार बन्द गरिएकाे थियाे । स्तरोन्नतिको लागि ५ देखि ६ हप्ता समय लाग्न सक्ने अनुमान गरिएको थियाे । तर साेचेभन्दा १ हप्ताअघि [&hellip;]</p>

काठमाडौं । मनकामना केबलकारको सेवा भदौ २५ गतेदेखि पुन: सुचारु हुने भएको छ । साउन २३ गतेदेखि स्तरोन्नतिको  लागि बन्द भएको केबलकार पुन: सुचारु हुने भएको हो ।

एनलगबाट डिजिटल सिस्टममा परिवर्तन गर्ने क्रममा चार सातादेखि केबलकार बन्द गरिएकाे थियाे । स्तरोन्नतिको लागि ५ देखि ६ हप्ता समय लाग्न सक्ने अनुमान गरिएको थियाे । तर साेचेभन्दा १ हप्ताअघि नै केबलकार सञ्चालन हुन लागेकाे कम्पनीका प्रबन्ध निर्देशक राजेशबाबु श्रेष्ठले जानकारी दिए ।

एनलगबाट डिजिटल सिस्टममा स्तरउन्नति भएपछि केवलबार सेवा अझ सहज र प्रभावकारी हुने कम्पनीले जनाएकाे छ ।

Share News