लगानी गर्न कुन बैंकसँग कति छ तरलता ?

<p>काठमाडौं । नेपाली बैंक तथा वित्तीय संस्थाहरु लामो सयमदेखि लगानीयोग्य पुँजीको समस्या खेपिरहेका छन् । नयाँ आर्थिक वर्ष सुरु भएसँगै बजारमा प्रयाप्त पैसा आउला र त्यसको सकारात्मक प्रभाव बैंकहरुमा पनि देखिएला भन्ने अपेक्षामा रहेका बैंकहरुमा अझै पनि तरलताको अभाव छ । बैंकहरु ऋण लगानीका लागि पैसा नपाउँदा समस्यामा छन् भने उद्योगी व्यवसायीहरुले पनि बैंकहरुले ऋण [&hellip;]</p>

काठमाडौं । नेपाली बैंक तथा वित्तीय संस्थाहरु लामो सयमदेखि लगानीयोग्य पुँजीको समस्या खेपिरहेका छन् । नयाँ आर्थिक वर्ष सुरु भएसँगै बजारमा प्रयाप्त पैसा आउला र त्यसको सकारात्मक प्रभाव बैंकहरुमा पनि देखिएला भन्ने अपेक्षामा रहेका बैंकहरुमा अझै पनि तरलताको अभाव छ । बैंकहरु ऋण लगानीका लागि पैसा नपाउँदा समस्यामा छन् भने उद्योगी व्यवसायीहरुले पनि बैंकहरुले ऋण नदिएको गुनासो गर्ने गरेका छन् ।

साउन महिनामा मात्रै बैंकिङ प्रणादीबाट सवा एक खर्ब रुपैयाँ बाहिरिएपछि बैंकरहरु थप त्रसित बनेका छन् भने सो पैसा कहाँ गयो भन्ने चासो पनि धेरैको बनेको छ । भदौ सुरु भएसँगै बैंकहरुको लगानीयोग्य पुँजी पनि थप टाइट हुँदै गएको बैंकरहरु बताउँछन् । नेपाल राष्ट्र बैंकका अनुसार अहिले बैंकिङ प्रणालीमा अधिक तरलता केही घटेको केही घटेको छ ।

बैंक तथा वित्तीय क्षेत्रमा कुल ५० खर्ब ३४ अर्ब रुपैयाँ निक्षेप छ भने ४७ खर्ब कर्जा लगानी छ । असार मसान्तसम्मको तथ्यांक हर्ने हो भने वाणिज्य बैंकहरुसँग औसत २५.२२ प्रतिशत तरलता अनुपात छ । नेपाल राष्ट्र बैंकले २० प्रतिशत तरलता अनुपात हुनु पर्ने व्यवस्था गरेको छ भने ९० प्रतिशतको सीडी रेसियो कायम गर्नु पर्ने व्यवस्था गरेको छ । तर, अहिले लगानीयोग्य पुँजी नभएकै कारण आधा दर्जन बैंकले साे सीमा नाघेका छन् ।

असार मसान्तसम्मको तथ्यांक अनुसार सबैभन्दा बढी तरलता एभरेष्ट बैंकसँग छ । सो बैंकसँग कुल ३३.६७ प्रतिशत तरलता अनुपात छ । दोस्रोमा नेपाल इन्भेष्टमेन्ट, तेस्रोमा स्ट्याण्डर्ड चार्टर्ड बैंक र चौथोमा एनएमबि बैंकको तरलता अनुपात बढी छ । राष्ट्रिय वाणिज्य बैंकको भने सीमा भन्दा पनि तल छ । सो बैंकको तरलता अनुपात १४.११ प्रतिशत तरलता अनुपात छ ।

Share News