नाफामा एनएमबि, प्राइम र सिद्धार्थ बैंकबीच टक्कर, करोडबाट अर्ब क्लबमा नेपाल एसबिआई

<p>काठमाडौं । १९ वटा वाणिज्य बैंहकहरुले गत वर्ष असार मसान्तसम्ममा साढे ५३ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । अघिल्लो वर्ष ४३ अर्ब ९२ करोड ४६ लाख १९ हजार रुपैयाँ नाफा आर्जन गरेका बैंकहरुले गत वर्ष ५३ अर्ब ६३ करोड ८३ लाख २८ हजार रुपैयाँ आर्जन गर्न सफल भएका हुन् । यो अघिल्लो आर्थिक [&hellip;]</p>

काठमाडौं । १९ वटा वाणिज्य बैंहकहरुले गत वर्ष असार मसान्तसम्ममा साढे ५३ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । अघिल्लो वर्ष ४३ अर्ब ९२ करोड ४६ लाख १९ हजार रुपैयाँ नाफा आर्जन गरेका बैंकहरुले गत वर्ष ५३ अर्ब ६३ करोड ८३ लाख २८ हजार रुपैयाँ आर्जन गर्न सफल भएका हुन् । यो अघिल्लो आर्थिक वर्षको तुलनामा २२.११ प्रतिशत बढी हो ।

गत आर्थिक वर्षको वित्तीय विवरण १९ वटा वाणिज्य बैंकले सार्वजनिक गरेका हुन् भने ७ वटा वाणिज्य बैंकले सार्वजनिक गर्न बाँकी रहेको छ । १९ वटा बैंकमध्ये ३ वटा बैंकको नाफामा गिरावट आएको छ भने अन्य बैंकको बढेको छ ।

नाफा आर्जनमा एनएमबि बैंक आक्रामक देखिएको छ । अघिल्लो वर्ष प्राइम कमर्सियल बैंकको भन्दा कम नाफा कमाएको बैंकले यसपटक उसैलाई पछाडि पारेको छ । १९ बैंकमा एनएमबि तेस्रो स्थानमा छ भने प्राइम चौथोमा झरेको छ । यी दुइ बैंकबीच नाफा आर्जनमा रोचक प्रतिस्पर्धा देखिएको छ ।

अघिल्लो वर्ष ३ अर्ब क्लमा रहेका कृषि विकास र सानिमा बैंकको नाफा घटेर २ अर्ब क्लबमा सिमित भएका छन् । यता हिमालयन बैंकको पनि नाफा घटेको छ । अघिल्लो वर्ष झण्डै ३ अर्ब क्लब नजिक रहेको हिमालयनको १७.२२ प्रतिशत नाफा घटेको हो ।

एक नम्बरको ताज भिरिरहेको ग्लोबल आइएमई बैंकले सबैभन्दा धेरै नाफा आर्जन गरेर टपमा छ । ग्लोबल आइएमई बैंकलाई एनआईसी एशिया बैंकले पछ्याइरहेको छ, एनआईसी एशिया बैंकलाई नेपाल इन्भेष्टमेन्ट बैंकले । ग्लोबल र एनआईसी बैंकबीच पहिलो बन्न प्रतिस्पर्धा भइरहेको छ भने नेपाल इन्भेष्टमेन्टको दुबै बैंकसँग प्रतिस्पर्धा छ ।

एनएमबि, प्राइम र सिद्धार्थ बैंक ३ अर्ब क्लबमा प्रतिस्पर्धा गरिरहेका छन् । यस्तै, कुमारी, प्रभु, एभरेष्ट, हिमालयन, कृषि विकास, सानिमा, स्ट्याण्डर्ड चार्टर्ड, सिटजन्स, माछापुच्छ्रे, सनराइज र एनसीसी बैंकले २ अर्बभन्दा बढी नाफा आर्जन गरेका छन् । अघिल्लो वष लक्ष्मी बैंकको भन्दा कम नाफा आर्जन गरेको नेपाल एसबिआईले यसपटक भने ७० प्रतिशत छलाङ मार्दै लक्ष्मीलाई पछि पारेको छ ।

Share News