अन्नपूर्ण केबलकारमा भदौ ३१ गतेसम्म २० प्रतिशत छुट

<p>काठमाडौं । पोखराको अन्नपूर्ण केबलकारको नियमित मर्मत तथा सम्भार पश्चात साउन ६ गते देखि संचालनमा आउने भएको छ । केबुलकारले आफ्ना नेपाली ग्राहकहरुको लागि साउन ६ गते देखि भदौ ३१ गते सम्म २० प्रतिशत छुट दिने भएको छ । पोखरा उपत्यकाको पश्चिम उत्तरी भागको लेकसाईड, सेदिबगरबाट अन्नपूर्ण केबुलकार चढि सराङकोटमा श्रावण महिनामा श्री कैलाशेश्वर महादेवको [&hellip;]</p>

काठमाडौं । पोखराको अन्नपूर्ण केबलकारको नियमित मर्मत तथा सम्भार पश्चात साउन ६ गते देखि संचालनमा आउने भएको छ । केबुलकारले आफ्ना नेपाली ग्राहकहरुको लागि साउन ६ गते देखि भदौ ३१ गते सम्म २० प्रतिशत छुट दिने भएको छ ।

पोखरा उपत्यकाको पश्चिम उत्तरी भागको लेकसाईड, सेदिबगरबाट अन्नपूर्ण केबुलकार चढि सराङकोटमा श्रावण महिनामा श्री कैलाशेश्वर महादेवको दर्शन गर्नुका साथै कास्की कोट दरबारसम्मको पैदल यात्रा गर्न सकिन्छ ।

यसका साथै, अन्नपूर्ण हिमाल, माछापुच्छ्रे हिमाल, धवलागिरी हिमालका श्रृखलासँगै सूर्योदयको मनोरम दृश्यको आनन्दका साथ केबुलकार परिसरमै सुबिधा सम्पन्न रेष्टुरेन्ट सेवा, कफि सप, रेष्टुरेन्टबाट चौतर्फी आनन्ददायी मनोमोहक दृश्य तथा जिप फ्लायएर, सुइङ्ग, स्काई साइक्लीङको समेत साहसिक अनुभव लिन सकिनेछ ।

यस्तै, केबुलकारबाट पोखरा शहर, फेवाताल, शिव प्रतिमा, विश्व शान्ति प्यागोडा लगायतका दृश्यहरु पनि हेर्न सकिनेछ । केबलकार बिहान ९ बजे देखि सांझ ६ बजेसम्म नियमित रुपमा संचालन हुने कम्पनीले जनाएको छ ।

Share News