काठमाडौं । धनुषास्थित जानकी मेडिकल कलेजले ओपिडी लगायत अन्य केही स्वास्थ्य सेवा निशुल्क सेवा प्रदान गर्ने भएको छ । इन्टिच्युट अफ मेडिसिनको ५० वर्षको वार्षिकोत्सवको अवसरमा कलेजले यस्ताे सेवा दिने भएकाे हाे
कलेजले साउन महिनाभरि आन्तरिक चिकित्सा, शल्य चिकित्सा, स्त्री रोग, बाल रोग, आँखा, नाक कान घाँटी, अर्थोपेडिक्स, दन्त चिकित्सा, मनोचिकित्सा, चर्म अनि पिसाबका बिरामीहरूलाई नि:शुल्क ओपिडी सेवा प्रदान गर्ने जनाएकाे छ ।
त्यसबाहेक, जानकी मेडिकल कलेजले ल्याब परिक्षण, रेडियोलोजी, आईसीयु र एनआईसीयुमा र वार्डको शुल्कमा पनि २५ प्रतिशत छुट दिने भएको छ । यसका साथै कलेजले आफ्नो २४ घण्टा उपलब्ध एम्बुलेन्स सेवा पनि साउन महिनाभरि नि:शुल्क बनाएको छ ।