नेपालमै पहिलोपटक नयाँ विधिबाट पाखुराको जोर्नी खुस्किएको अपरेशन

<p>काठमाडौं । किष्ट मडिकल कलेजमा नेपालकै पहिलोपटक पाखुराको जोर्नी खुस्किएको व्यक्तिको नयाँ विधिबाट अपरेशन भएको छ । बरिष्ठ आर्थ्रोस्कोपिक एण्ड स्पोर्टस सर्ज डा. अमित जोशी नेतृत्वको टिमले नेपालमै पहिलोपटक कन्जुरेन्ट आर्क लाटारजेट विधिबाट जोर्नी खुस्किएको व्यक्तिको अपरेशन गरेको हो । जोशीको नेतृत्वमा डा श्रीराज श्रेष्ठ र सौरभ दाहालको टिमले ४० वर्षिय सागर उप्रेतीमा सो अपरेशन सफलता [&hellip;]</p>

काठमाडौं । किष्ट मडिकल कलेजमा नेपालकै पहिलोपटक पाखुराको जोर्नी खुस्किएको व्यक्तिको नयाँ विधिबाट अपरेशन भएको छ । बरिष्ठ आर्थ्रोस्कोपिक एण्ड स्पोर्टस सर्ज डा. अमित जोशी नेतृत्वको टिमले नेपालमै पहिलोपटक कन्जुरेन्ट आर्क लाटारजेट विधिबाट जोर्नी खुस्किएको व्यक्तिको अपरेशन गरेको हो ।

जोशीको नेतृत्वमा डा श्रीराज श्रेष्ठ र सौरभ दाहालको टिमले ४० वर्षिय सागर उप्रेतीमा सो अपरेशन सफलता पुर्वक गरेको हो ।

टिमले एक्स रे, सिटी स्क्यान र एमआरआइको सहायताले उप्रेतीको पाखुराको जाँच गरेर हेर्दा जोर्नीको ग्लिनोइड भन्ने भागमा ठुलो मात्रामा हड्डी धसेको तथा गेडीमा पनि केहि मात्रामा हड्डी नभएको पाएपछि पहिलोपटक कन्जुरेन्ट आर्क लाटारजेट विधिबाट अपरशेन गरिएको अस्पतालले जनाएको छ ।

Share News