अर्थतन्त्र सहज हुन्छ भने नाफामा पनि कम्प्रमाइज गर्नुपर्छ, कडाइ सहनुपर्छ : गभर्नर

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र सहज हुन्छ भने नाफामा पनि कम्प्रमाइज गर्नुपर्ने बताएका छन् । आइतबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिमा सुझाव दिन आयोजना गरेको कार्यक्रममा गभर्नर अधिकारी यस्तो बताएका हुन् । &#8216;अर्थतन्त्रको अवस्था के कस्तो छ भन्ने विषय सबैलाई थाहा छ, विश्वभर नै मुल्यवृद्धिको दबाब छ । [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र सहज हुन्छ भने नाफामा पनि कम्प्रमाइज गर्नुपर्ने बताएका छन् । आइतबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिमा सुझाव दिन आयोजना गरेको कार्यक्रममा गभर्नर अधिकारी यस्तो बताएका हुन् ।

‘अर्थतन्त्रको अवस्था के कस्तो छ भन्ने विषय सबैलाई थाहा छ, विश्वभर नै मुल्यवृद्धिको दबाब छ । पहिले सिस्टमलाई ठाउँमा राखेर अर्थतन्त्रको स्थायित्वमा ध्यान दिनु पर्छ, बिजनेसलाई फाइदा मात्रै भन्दा पनि समग्र अर्थतन्त्रलाई ध्यान दिनु पर्ने आवश्यकता छ,’ उनले भने ।

गभर्नर अधिकारीले सिआरआर र बैंकदरले सजग हुनुपर्ने देखाइरहेको बताए । ‘सिआरआर आज ३ प्रतिशत छ, बैंकदर ७ प्रतिशत छ, यसले सजग हुनु पर्ने यी नम्बरले देखाइरहेका छन् । के गर्दा यी नम्बर सहज हुन्छन् भन्ने विषय बुझ्नु पर्छ, यी विषय बुझ्दा बिजनेस मात्रै नहेरेर सहनु पर्छ,’ उनले भने ।

यस्तै उनले ५०० र १००० भारतीय नोटको विषयमा छलफल भइरहेको जानकारी दिए ।

Share News