काठमाडौं । पर्यटन विभागले विभिन्न १४ वटा क्यासिनोलाई सञ्चालन इजाजतपत्र नवीकरण रोयल्टी भुक्तानी गर्न सूचना जारी गरेको छ ।
विभागले शनिबार एक सूचना जारी गर्दै आर्थिक वर्ष २०७८/०७९ सम्म नियमित रुपमा रोयल्टी रकम दाखिला गरी नवीकरण भएका र आर्थिक वर्ष २०७९/०८० को लागि क्यासिनो सञ्चालन इजाजत पत्र नवीकरणको रोयल्टी रकम भुक्तानी गर्न आग्रह गरेको हो ।
क्यासिनो नियमावली, २०७० को नियम १३ बमोजिम कागजात पेश गर्नुपर्ने क्यासिनो आधुनिक मेसिन वा उपकरणको माध्यमबाट मात्र खेलाइने अनुमति पाएका कम्पनीले रोयल्टी रकम भुक्तानी नगरे इजाजत नवीकरण नहुने र इजात नै रद्द गर्ने जनाएको छ ।
विभागले जारी गरेको सूचना अनुसार तारागाउँ रिजेन्सी होटलमा सञ्चालन गरेको प्राइड इन्टरनेशनल, होटल डेला अन्नपूर्णमा सञ्चालन गरिएको एटनान्टिक रिक्रियसन, मल्ल होटलमा सञ्चालीत क्यासिनो बेल्लिज नेपाल, न्यू होटल सिद्धार्थ परिसर नेपालगञ्जमा सञ्चालित ज्याकपट गेमिङ सेन्टर प्रालि, इच्छा होटल सीमरामा सञ्चालित स्माइल कलेक्सन, होटल मेची क्राउन धुलाबारी झापामा सञ्चालीत भेगस रिक्रियसन नेपालले रोयल्टी रकम भुक्तानी गरेका छैनन् ।
यस्तैगरी, होल अलफ्ट ठमेलमा सञ्चालित वाल्डो डाइनेष्टी इन्टरटेनमेन्ट, होटल निर्वाण सिद्धार्थनगर भैरहवामा सञ्चालित निर्भाना बक्जरी इन्टरनेशनल, होटल स्टारलाईट नेपालगञ्जमा सञ्चालित भेन्यू रिक्रियसन, होटल नान्स सिद्धार्थनगर भैरहवामा सञ्चालित सिद्धार्थ गेमिङ जोन, कल्पतरु होटल नेपालगञ्जमा सञ्चालित ओम त्रयम्बक्म इन्टरटेनमेन्ट, होटल सीटी प्यालेस नेपालगञ्जमा सञ्चालित सेपियर इन्टरटेनमेन्ट, हिमाल वाटर पार्क एण्ड भिलेज वीरगञ्जमा सञ्चालित गोल्डेन फिङर गेमिङ जोन र स्नेह होटल नेपागञ्जमा सञ्चालित बेलिज इन्टरटेनमेन्ट प्रालिले रोयल्टी रकम भुक्तानी नगरेको सूचनामा उल्लेख गरिएको छ ।