काठमाडौं । विदेशी मुद्रा सञ्चितिमा दबाब पर्दै गएपछि व्यापारीहरूले भारतीय रूपैयाँमा कारोबारमा गर्न थालेका छन् । विदेशी मुद्रा सञ्चितिमा दबाब भइरहेको बेला राष्ट्र बैंकले विभिन्न वस्तु आयातमा कडाइ र एलसीमा पनि कडाइ गरेपछि व्यापारीहरूले भारतीय रूपैयाँ (भारू) मा कारोबार गरेर सामान आयात गर्न थालेका हुन् ।
नेपाल राष्ट्र बैंकले डलर रित्तिँदै गइरहेको बताएर आयात कम गर्न व्यापारीलाई आग्रह गरिरहेको बेला व्यापारीहरूले नेपाली रूपैयाँलाई भारूमा सटही गरेर प्रत्यक्ष रूपमा भारुमा कारोबार गरिरहेका छन् । अहिले विशेष गरेर कपडा, मोबाइल, ल्यापटप लगायतका सामान व्यापारीहरुले भारतीय रूपैयाँमै आयात गरिरहेका हुन् ।
चिनियाँ नाकाबाट हुने आयातमा व्यवसायीहरुले पटक/पटक समस्या भोग्दै आएपछि र डलर पनि तिर्नु पर्ने भएपछि भारतलबाट सामान आयात बढाएका हुन् । यद्यपि व्यापारीहरूले भारतबाट सामान ल्याउन पनि डलरबाटै कारोबार गर्दै आइरहेका थिए । तर, अहिले डलर पाउनै सकस भएपछि प्रत्यक्ष रूपमा भारतीय व्यापारीहरूसँग मिलेर भारूमै कारोबार गर्न थालेका हुन् ।
चीनियाँ पक्षको अवरोधका कारण चीनतर्फको तातोपानी र रसुवा भन्सारबाट निकै कम मात्रामा सामान आइरहेको व्यवसायीहरु बताउँछन् । नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोक श्रेष्ठ नाकामा चिनियाँ सरकारबाट धेरै अवरोध हुँदा समस्या हुने गरेको बताए । उनले अहिले डलर पाउन पनि सकस भएको बताउँदै सीमा नाकाका व्यापारीहरूले भारूमै कारोबार गरिरहेको सुनिएको बताए ।
‘हामीलाई सामान ल्याउन चिनियाँ सरकारले सहयोग गर्दा उत्तरी नाकाबाट धेरै सहज हुन्थ्यो तर, पछिल्लो समय कोरोनालाई देखाउँदै नाकामा अवरोध हुँदा समुन्द्रीमार्गबाट सामान ल्याउनुपर्ने बाध्यता थपिएको छ’, उनले भने, ‘उत्तरी नाकामा अवरोध नहुँदा २० दिनभित्र आइपुग्ने सामान समुन्द्री मार्ग हुँदै भारतबाट ल्याउँदा दुई महिना लाग्ने गरेको छ, अहिले डलर पाउन पनि सकस छ ।’
उनले समुन्द्री मार्गबाट पनि आयात गर्दा लागत रकमसँगै समय थपिदा ढुवानी भाडा मँहगो पर्ने गरेको बताए । ‘चीनबाट सामान ल्याउँदा कहिले आइपुग्छ नै थाहा हुँदैन्, जाडोको समयका लागि ल्याइएको लत्ताकपडाहरु गर्मी सकिदासमेत नआउने समस्या धेरै छ, व्यापारीहरुले चिनियाँ नाकामा समस्या भएपछि भारत लगायतका देशबाट आयान गर्न थाले’, उनले भने, ‘भारतबाट लागत बढी भएपनि समयमा नै आइपुग्ने ग्यारेन्टी भएपछि भारतबाट धेरै सामान आयात हुन थाल्यो ।’
।’
उनले पछिल्लोे समय व्यवसायीहरुले चीनको विकल्पका रुपमा अन्य देशबाट आयात गर्न थालेको बताए । ‘चीनियाँ पक्षबाट अवरोध भएपछि धेरै व्यवसायीहरुले विकल्पका रुपमा अन्य देशबाट सामान ल्याउन थाल्नुभएको छ, चीनकै सामान समुन्द्री मार्गबाट ल्याउनभन्दा अन्य देशबाट ल्याउन सहज हुन थालेपछि व्यवसायीहरुले विकल्पका रुपमा अन्य देशबाट सामान ल्याउन थालेका हुन’, उनले भने ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कुमार कार्कीले चीनका नाकामा पटक÷पटक अवरोध हुँदा व्यवसायीहरुले विकल्पका रुपमा भारतीय बजारलाई लिएको बताउँछन् ।
‘लामो समयदेखि चीन सरकारका कारण चिनियाँ नाकामा अवरोध सिर्जना भएको छ, हामीले सरकारलाई पटक÷पटक जानकारी गराएका हौँ, जानकारी गराउँदा समेत नाकाको अवरोध नहटेपछि व्यवसायीहरुले विकल्पका रुपमा अन्य देशबाट सामग्रीहरु आयात गर्न थाल्नुभयो’ अहिले विदेशी मुद्रा पाउन पनि सकस नै छ, कतिपय वस्तुमा शतप्रतिशत एलसी राख्नु पर्ने अवस्था पनि छ,’ उनले भने ।
उनले चिनियाँ नाकामा अवरोधसँगै चीन सरकारले नेपाली वस्तुको निर्यातमा सहजीकरण नगरेको उनले बताए । लामो समयदेखि चीनबाट आयात मात्र हुनेगरेको छ, चिनियाँ सामग्रीको आयात मात्र हुने र निर्यातमा कुनै पहल नहुँदा व्यवसायीहरुले आयात विस्तारै कम गर्न थालेका हुन, व्यवसायीले आयात गरेको सागम्री समयमा नआउने समस्या धेरै छ ।
दुबै नाकाबाट निर्यात ठप्प
कोरोना महामारीयता चिनका दुबै नाकाबाट स्वदेशी वस्तुको निर्यात ठप्प भएको छ । भूकम्पपछि विस्तारै नेपाली वस्तु चीन निर्यात हुन थालेकोमा कोरोना महामारीयता निर्यात ठप्प बनेको अध्यक्ष श्रेष्ठले बताए ।
‘भूकम्पपछि न्यून मात्रामा निर्यात हुन थालेको थियो, तर कोरोना महामारीपछि तातोपानी र भन्सार नाकाबाट आयातसँगै निर्यातमा समेत चिनियाँ पक्षबाट अवरोध सिर्जना भयो’, उनले भने ।
सरकारले स्वदेशी वस्तु चीन निर्यातमा सहजीकरण गरे देशको व्यापार घाटा कम गर्न सहयोग पुग्ने उनको भनाइ छ ।
कोरोना महामारीअघि रसुवा तथा तातोपानी नाकाबाट दैनिक ३० भन्दा बढी गाडीहरु नेपाल भित्रने गरेकोमा पछिल्लो समय मुस्कीलले ८ देखि १० वटा गाडी मात्रा नाकामा आउने गरेको छ ।
तातोपानी भन्सारका प्रमुख नारद गौतम पछिल्लो समय भन्सारमा आउने गाडीको संख्यामा खासै बृद्धि नभएको बताउँछन् । पछिल्लो समय बर्खा सुरु भएपछि कतिखेर बाटो बिग्रन्छ भन्ने नै नहुँने भन्दै न्यून मात्रामा आयात भैरहेको उनको भनाइ छ ।
‘गत वर्षको तुलनामा राजश्व संकलनमा केही बृद्धि भएको छ, तर जुन मात्रामा नाका सञ्चालन हुनुपर्ने हो, त्यस्तो भएको छैन’, उनले भने, ‘भूकम्प पछि नाका सहज रुपमा सञ्चालन नै भएको छैन, छोटो दुरीको नाका जुन हिसाबमा सञ्चालन हुनुपर्ने हो, त्यो अनुसार भएकै छैन ।’
उनले चीन सरकारका कारण नाका सञ्चालनमा अवरोध हुने गरेको भन्दै व्यवसायीहरु पर्ख र हेरको अवस्थामा रहेको बताए । ‘यसअघि लामो समयसम्म सामान नआउँदा व्यवसायीले समस्या भयो भन्ने गरेका थिए, तर अहिले व्यवसायीहरुले सामान आयातमा खासै चासो देखाएको पाइएको छैन’, उनले भने ।
तातोपानी भन्सारका प्रमुख नारद गौतम पछिल्लो समय भन्सारमा आउने गाडीको संख्यामा खासै बृद्धि नभएको बताउँछन् । पछिल्लो समय बर्खा सुरु भएपछि कतिखेरा बाटो बिग्रन्छ भन्ने नै नहुँने भन्दै न्यून मात्रामा आयात भैरहेको उनको भनाइ छ ।
‘गत वर्षको तुलनामा राजश्व संकलनमा केही बृद्धि भएको छ तर, जुन मात्रामा नाका सञ्चालन हुनुपर्ने हो, त्यस्तो भएको छैन’, उनले भने, ‘भूकम्प पछि नाका सहज रुपमा सञ्चालन नै भएको छैन, छोटो दुरीको नाका जुन हिसाबमा सञ्चालन हुनुपर्ने हो, त्यो अनुसार भएकै छैन ।’
उनले चीन सरकारका कारण नाका सञ्चालनमा अवरोध हुने गरेको भन्दै व्यवसायीहरु पर्ख र हेरको अवस्थामा रहेको बताए ।
‘यसअघि लामो समयसम्म सामान नआउँदा व्यवसायीले समस्या भयो भन्ने गरेका थिए, तर अहिले व्यवसायीहरुले सामान आयातमा खासै चासो देखाएको पाइएको छैन’, उनले भने ।
भन्सार विभागको जेठ मसान्तसम्मको तथ्यांक अनुसार ११ खर्ब ९० करोड ३६ लाख ७१ हजार रुपैयाँ बढीको आया भएको छ । ११ महिनाको अवधिमा नेपालबाट एक खर्ब ४५ अर्ब ९० करोड १३ लाख २२ हजार रुपैयाँ बढीको निर्यात भएको छ ।
भारतमा मात्रै ११ महिनाको अवधिमा ९ खर्ब ५५ अर्ब २३ लाख ४९ हजार रुपैयाँ बढीको व्यापार घाटा रहेको छ । यस्तै ११ महिनाको अवधिमा नेपालले चीनबाट २ खर्ब ४४ अर्ब २१ करोड १४ लाख ३९ हजार रुपैयाँ बराबरको मात्र आयात भएको छ भने ७३ करोड ९० लाख ७६ हजार रुपैयाँ बराबरको निर्यात भएको छ । चीनसँग नेपालको २ खर्ब ४३ अर्ब ४७ करोड २३ लाख ६३ हजार रुपैयाँ बढीको व्यापार घाटा रहेको छ ।