सगरमाथा आरोहण गरेकी डा भुषालले मनास्लु र आमादब्बल हिमाल आरोहण गर्ने

<p>काठमाडाैं ।  नेपाली महिला चिकित्सकको रुपमा गत बैशाख २९ गते विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी डा. प्रिती भुषालले आगामी अक्टोबर/नोभेम्बरमा मनास्लु र आमा दब्लम हिमाल चढ्ने भएकी छिन् । डाक्टरी पेशा र हिमाल आरोहणलाई सँगसँगै लिएर जाने उनको भनाई छ । सगरमाथाको सफल आरोहण गर्ने भुषाल पहिलो नेपाली महिला चिकित्सक हुन् । आज (सोमबार) [&hellip;]</p>

काठमाडाैं ।  नेपाली महिला चिकित्सकको रुपमा गत बैशाख २९ गते विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी डा. प्रिती भुषालले आगामी अक्टोबर/नोभेम्बरमा मनास्लु र आमा दब्लम हिमाल चढ्ने भएकी छिन् ।

डाक्टरी पेशा र हिमाल आरोहणलाई सँगसँगै लिएर जाने उनको भनाई छ । सगरमाथाको सफल आरोहण गर्ने भुषाल पहिलो नेपाली महिला चिकित्सक हुन् ।

आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै भुषालले हाई अल्टिच्युड मेडिसिन फिजिसियन (उच्च उचाई चिकित्सक) स्पोर्टस मेडिसिन बन्ने आफ्नो इच्छा जाहेर गरिन् ।

उनले भनिन्, ‘आगामी २०२२ अक्टोबर, नोभेम्बरमा मनास्लु हिमाल र आमा दब्लम शिखर चढ्ने मैले योजना बनाएको छु ।’

उनले आगामी दिनमा हिमाल आरोहणमा रुची राख्ने तर यो विषयमा कुनै जानकारी नभएका स्वदेशी तथा विदेशी पर्वतारोहीको सहयोगको लागि बाँसबारीमा हिमालयन सेपर्ड इको टुरिजम प्राइभेट लिमिटेडमार्फत काम गर्ने योजना बनाएको बताईन् ।

उनले गत बैशाख २९ गते विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी थिइन् । काठमाडौंमै जन्मिएकी प्रितीको बुवाको जन्मथलो भने अर्घाखाँची हो ।

Share News