प्रेम आलेले दिए मन्त्री पदबाट राजीनामा

<p>काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम ओलेले मन्त्री पदबाट राजीनामा दिएका छन् । उनले आइतबार साँझ मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेको जनाएका हुन । नेकपा एकीकृत समाजवादीका सांसदसमेत रहेका मन्त्री आलेले करिब नौ महिना पर्यटन मन्त्री भएर काम गरेका थिए । गत जेठ २२ मा पुराना [&hellip;]</p>

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम ओलेले मन्त्री पदबाट राजीनामा दिएका छन् । उनले आइतबार साँझ मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेको जनाएका हुन ।

नेकपा एकीकृत समाजवादीका सांसदसमेत रहेका मन्त्री आलेले करिब नौ महिना पर्यटन मन्त्री भएर काम गरेका थिए ।

गत जेठ २२ मा पुराना मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरे पनि कार्यान्वयनमा आउन सकेको थिएन । उनले शुक्रबार पार्टीको पोलिटब्यूरो बैठकमा ४८ घन्टाभित्र आफूले मन्त्री पदबाट राजीनामा दिने बताएका थिए । सोही अनुसार आइतबार मन्त्रीपदबाट राजीनामा दिएका हुन ।

२०७८ असोज २२ गतेबाट आलेले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

Share News