हवाई इन्धनको मूल्य समायोजन गर्न वायुसेवा सञ्चालकको माग

<p>काठमाडौं । वायुसेवा सञ्चालक संघ नेपालले हवाई इन्धनको मूल्य समायोजन गर्न सरकारसँग माग गरेको छ । सरकारले शुक्रबार रातको १२ बजेदेखि लागु हुने गरी पेट्रोल र डिजेलको मूल्य घटाएपछि संघले हवाई इन्धनको मूल्य समायोजन गर्न माग गरेको हो । संघले आज एक विज्ञप्ती जारी गर्दै सरकारले डिजेल र पेट्रोलको मूल्य घटाए पनि आन्तरिक र बाह्यतर्फको [&hellip;]</p>

काठमाडौं । वायुसेवा सञ्चालक संघ नेपालले हवाई इन्धनको मूल्य समायोजन गर्न सरकारसँग माग गरेको छ । सरकारले शुक्रबार रातको १२ बजेदेखि लागु हुने गरी पेट्रोल र डिजेलको मूल्य घटाएपछि संघले हवाई इन्धनको मूल्य समायोजन गर्न माग गरेको हो ।

संघले आज एक विज्ञप्ती जारी गर्दै सरकारले डिजेल र पेट्रोलको मूल्य घटाए पनि आन्तरिक र बाह्यतर्फको हवाई इन्धनको मूल्य नघटाएकोमा ध्यानाकर्षण गराएको छ ।

संघले नेपाल आयल निगमले १० रुपैयाँभन्दा बढी मुनाफा नहुने गरी हवाई इन्धनको मूल्य समायोजन हुनुपर्ने माग राखेको छ ।

Share News