पर्यटनमन्त्री आलेले पार्टी अध्यक्षलाई बुझाए राजीनामा पत्र

<p>काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आलेले पार्टी अध्यक्षलाई मन्त्री पदबाट राजीनामा पत्र बुझाएका छन् । उनले नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई आईतबार बिहान राजीनामा पत्र बुझाएका हुन । आलेले शुक्रबार आफूले ४८ घण्टाभित्र राजीनामा दिने घोषणा गरेका थिए । सोही घोषणा अनुसार नै पार्टी अध्यक्षलाई राजीनामा पत्र बुझाइएको आलेको सचिवालयले [&hellip;]</p>

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आलेले पार्टी अध्यक्षलाई मन्त्री पदबाट राजीनामा पत्र बुझाएका छन् । उनले नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई आईतबार बिहान राजीनामा पत्र बुझाएका हुन ।

आलेले शुक्रबार आफूले ४८ घण्टाभित्र राजीनामा दिने घोषणा गरेका थिए । सोही घोषणा अनुसार नै पार्टी अध्यक्षलाई राजीनामा पत्र बुझाइएको आलेको सचिवालयले जनाएको छ ।

राजीनामा पत्र मेरो गोजी : नेपाल

एकीकृत समाजवादीका अध्यक्ष नेपालले आफ्नो पार्टीबाट मन्त्री बनेका सबैको राजीनामा पत्र आफूसँग रहेको बताएका छन् ।

आईतबार अखिल नेपाल महिला संघ (समाजवादी) को केन्द्रिय समितिको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले मन्त्रीहरुले बुझाएको राजीनामा पत्र आफूले गोजिमा लिएर हिँडिरहेको बताएका हुन ।

‘केही मन्त्रीहरुले सरकारबाट फिर्ता हुनका लागि मलाई राजीनामा पत्र बुझाइसक्नु भएको छ, उहाँहरुले दिएको पत्र मैले गोजीमा बोकेर हिँडेको छु’, उनले भने ।

अध्यक्ष नेपालले केही मन्त्रीहरुले राजीनामा पत्र बुझाएको भन्दै केही मन्त्रीहरुले समेत आफूलाई राजीनामा पत्र पठाउनेमा विश्वास व्यक्त गरे ।

Share News