भोलिदेखि हवाई सेवा बन्द, काटिसकेको टिकट के हुन्छ ?

<p>काठमाडौं । वायुसेवा सञ्चालकहरुले बुधबारदेखि आपतकालिन लगायत सम्पूर्ण नियमित उडान बन्द गर्ने घोषणा गरेका छन् । वायुसेवा सञ्चालक संघले मंगलबार पत्रकार भेटघाटको कार्यक्रम आयोजना गर्दै बुधबारदेखि सम्पूर्ण उडान बन्द गर्ने घोषणा गरेका हुन् । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले ‘नाइट–स्टप’ पार्किङका लागि काठमाडौँबाहिर अनिवार्य जानुपर्ने निर्णय तत्काल नहटाए सम्पूर्ण उडानमा रोक लगाउने जनाएका हुन । क्यानले मंगलबारदेखि ‘नाइट–स्टप’ पार्किङका [&hellip;]</p>

काठमाडौं । वायुसेवा सञ्चालकहरुले बुधबारदेखि आपतकालिन लगायत सम्पूर्ण नियमित उडान बन्द गर्ने घोषणा गरेका छन् । वायुसेवा सञ्चालक संघले मंगलबार पत्रकार भेटघाटको कार्यक्रम आयोजना गर्दै बुधबारदेखि सम्पूर्ण उडान बन्द गर्ने घोषणा गरेका हुन् ।

नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले ‘नाइट–स्टप’ पार्किङका लागि काठमाडौँबाहिर अनिवार्य जानुपर्ने निर्णय तत्काल नहटाए सम्पूर्ण उडानमा रोक लगाउने जनाएका हुन ।

क्यानले मंगलबारदेखि ‘नाइट–स्टप’ पार्किङका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठाउँ अभाव भएको भन्दै व्यावसायिक उडान गर्ने नौवटा वायुसेवाका ४८ मध्ये २० वटा जहाज पनि ‘नाइट–स्टप’ पार्किङका लागि बाहिर जानुपर्ने निर्णय गरेको थियो ।

क्यानले वायुसेवा सञ्चालक संघसँग कुनै छलफल नै नगरी एकलौटी रुपमा उक्त निर्णय गरेको भन्दै संघले उक्त निर्णय नमान्ने जनाएका हुन ।

संघले राखेको विभिन्न ५ बुदे माग सम्बोधन नभए आपतकालिन उद्धार लगायत नियमित उडानहरु बुधबार अर्थात भोलीदेखि सम्पूर्ण हवाई सेवा बन्द गर्ने संघका अध्यक्ष रामेश्वर थापाले बताए ।

उनले भविष्यमा आइपर्ने समस्याप्रति वेवास्ता गरिएको र एकपक्षीय रुपमा स्वेच्छाचारी निर्णय भएकाे बताए । उनले टिकट काटिकसेको पैसा रिफन्ड हुने भन्दै उक्त माघ सम्बोधन नहुँदासम्म उडान बन्द गर्ने बताए ।

संघले विमानस्थल सेवा शुल्क नियमावली, २०७८ मा यात्रु सेवा शुल्क, ल्याण्डिङ,पार्किङ, नेभिगेशन लगायतका सम्पूर्ण शुल्क बृद्धि फिर्ता लिई पूर्ववत कायम गर्नुपर्ने, त्रि.अ.वि. विमानस्थलमा हेलिकप्टर संचालनका लागि दीर्घकालिन हेलिप्याड, मर्मत संभारका लागि ह्याङर लगायतका भौतिक पूर्वाधारहरुका लागि स्थान उपलब्ध गराउनु पर्ने, असार ५ को क्यानको निर्णय खारेज गरी हालसम्म भई रहेकै व्यवस्था अनुसार विना अवरोध उडान सेवा यथावत सञ्चालन गर्न पाउनुपर्ने माग राखेका छन् ।

यस्तै, नियामक निकाय र सेवा प्रदायक संस्था नेपाल नागरिक उड्डयन प्राधिकरण एकै निकायबाट भई रहेको कारण यूरोपियन एभियसन सेफ्टी एजेन्सीबाट नेपाललाई हवाई सुरक्षा सूचिमा राखिएबाट देशको सम्पूर्ण पर्यटन क्षेत्र नै तहस नहस भई रहेकोले नेपाललाई यूरोपियन यूनियनको हवाई सूरक्षाको सूचिवाट हटाउनका लागि नेपाल सरकार तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट यथाशिघ्र पहल गर्नुपर्ने र त्रि.अ.वि. परिसरमा नियमानुसार त्रि.अ.वि.वाट स्वीकृत प्राप्त गरी विमान सेवा कम्पनीहरुले निर्माण गरी हवाईसेवाका लागि प्रयोग गरी रहेका स्थान तथा संरचनाहरुलाई यथावत राखि प्रयोगका लागि निरन्तरता प्रदान गर्नुपर्ने माग राखेको छ ।

Share News