विवादित व्यक्तिलाई नियुक्ती, स्वार्थ बाझिएपछि निलम्बन

<p>काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई निलम्बन गर्ने निर्णय गरेको हो । २०७८ को कात्तिक ८ गते बसेको मन्त्रिपरिषद् बैठकले आगामी ४ वर्षे कार्यकालका लागि निगमको कार्यकारी अध्यक्षको रुपमा अधिकारीलाई नियुक्त गरेको थियो । निगमको कार्यकारी अध्यक्षमा नियुक्त भएको ८ महिनामै उनी [&hellip;]</p>

काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई निलम्बन गर्ने निर्णय गरेको हो ।

२०७८ को कात्तिक ८ गते बसेको मन्त्रिपरिषद् बैठकले आगामी ४ वर्षे कार्यकालका लागि निगमको कार्यकारी अध्यक्षको रुपमा अधिकारीलाई नियुक्त गरेको थियो । निगमको कार्यकारी अध्यक्षमा नियुक्त भएको ८ महिनामै उनी निलम्बनमा परेका हुन ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आलेको सिफारिसमा नियुक्त भएका अधिकारी आलेकै सिफारिसमा निलम्बित भएका हुन । पछिल्लो समय आफूले नियुक्त गरेको अध्यक्षबाटै राम्रो काम नभएको भन्दै मन्त्री ओले अधिकारीसँग रुष्ट बनेका थिए । केही दिन अघि मात्र आफूले सिफारिस गरेका व्यक्तिलाई निगममा नियुक्त गर्न ढिलाई गरेको भन्दै आलेले अधिकारीलाई कार्यकक्षमै बोलाएर दुव्र्यवहार गरेको अडियो बाहिरिएकाके छ ।

आलेले अपशब्द प्रयोग गर्दै दुव्र्यवहार गरेको अडियो सार्वजनिक भएपछि मन्त्री आलेलाई हटाउन दबाब दिइएको थियो । सार्वजनिक पद धारण गरेको व्यक्तिले निगमका कर्मचारीलाई कार्यकक्षमै बोलाएर दुव्र्यवहार गरेको भन्दै संसद सचिवालयमा समेत मन्त्री आलेविरुद्ध निवेदन दर्ता भएको थियो ।

नियुक्तीमै विवाद

सरकारले अधिकारीलाई निगमको कार्यकारी अध्यक्षमा नियुक्त गर्दा नै उनी विवादमा आएका थिए । निगमका पूर्व कार्मचारी समेत रहेका अधिकारीले महिला कर्मचारीमाथि दुव्र्यवहार गरेको भन्दै सार्वजनिक रुपमा नै माफी मागेका थिए ।

सरकारले विवादित मान्छेलाई निगमको कार्यकारी अध्यक्षको जिम्मा लगाएको भन्दै निगमका कर्मचारीहरुले विरोध समेत गरेका थिए । तर, उनको नियुक्ती देखिनै मन्त्री आलेले विभिन्न दबाब दिएकै कारण सहज रुपमा काम गर्न पाएका थिएनन् ।

मन्त्री आलेले भनेका अधिकाशं निर्देशनहरु पालना नगरेपछि उनिहरुबीच सम्बन्ध बिग्रिएको थियो । आलेले अधिकारीलाई दुव्र्यवहार गरेको अडियो सार्वजनिक भएपछि आलेको चौतर्फि विरोध भइरहेको छ । उनको राजीनामा पनि माग भइरहेको छ । निगमका कर्मचारीहरुले पनि आलेको राजीनामा माग गर्दै विज्ञप्ती जारी गरेका थिए । सोमबार पर्यटन व्यवसायीले पनि उनको राजीनामा मागेका छन् ।

सोमबार पर्यटनमन्त्री आलेको सचिवालयले विभिन्न १३ कारणले कार्यकारी अध्यक्षलाई निलम्बन गरिएको स्पष्टिकरण दिएको छ । सचिवालयले सोमबार साँझ एक सूचना जारी गर्दै ग्राउन्डेड चिनीयाँ जहाजको व्यवस्थापनादेखि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषमा बक्यौता रकम भुक्तानी नगरेको भन्दै विभिन्न कारण देखाएर निलम्बन गरिएको प्रष्ट पारेको छ ।

आलको सचिवालयले ग्राउन्डेड भएका चिनियाँ जहाजको उचित व्यवस्थापन गर्न नसकेको, कार्यकारी अध्यक्षको रुपमा निगम प्रवेश गरेको ७ महिनासम्म निगमको व्यवसायिक कार्ययोजना प्रस्तुत गर्न नसकेको, कर्मचारीहरुको विगत ३ वर्ष देखि रोकिएको वृत्ति विकासको कार्य अगाडि बढाउन नसकेको लगायतका कारण उल्लेख गरेको छ ।

निगमको सेड्युल फ्लाइटको काठमाण्डौ–पोखरा रुटमा निगमकै सेड्युल फ्लाइट उडाउनुको सट्टा निजी क्षेत्रका ट्राभल एजेन्सीसंग गर्न नमिल्ने चार्टर्ड फ्लाइट सम्झौता गरी न्यून दरमा चार्टर्ड उडान उडाएको, नियममा चार्टर्ड उडानमा छुट्टै कमिशन दिन नमिल्ने भएपनि निगमलाई हानी पुयाउदै उल्टै चार्टड पार्टीलाई ५ प्रतिशत कमिशन दिएको कारणले उनलाई निलम्बन गर्नु परेको उल्लेख गरेको छ ।

यस्तै, निगमको खातामा ठुलो रकम जम्मा हुँदा समेत नेपाल सरकार, कर्मचारी संचयकोष र नागरिक लगानी कोषको किस्ता रकम नतिरी निगमलाई आर्थिक दलदलमा फसाएको, यस विषयमा निगममा कृयाशिल ट्रेड युनियनहरुले किस्ता रकम तिर्न भनी दवाव दिंदा समेत मतलब नगरेको कारण खुलाएको छ ।

कोभिडको कारणले आर्थिक अवस्था जर्जर भएपछि निगमबाट निकालिएका करार सेवाका कर्मचारीहरुलाई निगम संचालक समितिको निर्णय अनसार पुनः ल्याउनुपर्नेमा खुला प्रतिस्पर्धा विना तथा प्रकृया नै नपुर्याई १०० जना भन्दा बढी व्यक्तिहरुलाई निगममा भर्ना गरेको, निगमको सम्पत्ती संरक्षण र अधिकतम परिचालनको रणनितिक योजना नै प्रस्तुत गर्न नसकेको कारण उनलाई निलम्बन गर्नु परेको जनाएको छ ।

अन्तर्राष्ट्रिय उडान भर्ने एयरबस कम्पनीका जहाजहरुको ईन्जिन मर्मतको समय नजिकिँदै गर्दा समेत त्यस सम्बन्धी तयारी नै नगरी निगमलाई हानि पुरÞ्याउन लागि परेको, एकैपटक जहाज ग्राउन्डेड भएको खण्डमा हुने उक्त समयको नोक्सानीलाई बेवास्ता गरी बसेको, नारिता, हङकङ लगायतका नाफा मूलक सेक्टरहरुमा फ्लाइट थप गर्न पहल नगरी उदासिनता देखाएको कारण पनि दखाएको छ ।

आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानको लागि आवश्यक साना तथा ठूला विमान थप गर्ने कुरामा संस्कति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा नेपाल सरकार समेत पूर्ण रुपमा सहयोग गर्न तयार हुँदा समेत प्रकृया नै अगाडि नबढाई कानमा तेल हालेर बसेको, विगत लामो समयदेखि निगमको विदेशस्थित कार्यालयमा कर्मचारीहरु रिक्त भई स्टेशनहरुको काम कारबाही प्रभावित हुँदा समेत आफ्नो अनुकुलका कर्मचारीहरुलाई सेटिङमा त्यहाँ खटाउनका लागि प्रकया रोकी राखेको कारण उल्लेख गरेको छ ।

यस्तै, निगमको व्यवस्थापनमा रहेर कार्य गरेका सम्पूर्ण कर्मचारीहरुलाई आफ्नो निजि स्वार्थका लागि गैरकानुनी कार्यहरुमा अनावश्यक दवाब दिने तथा धम्काउने कार्य गर्नाले हालका कार्यकारी अध्यक्ष निगममा प्रवेश गरेपश्चात हालसम्म उच्च तहका ३ जना कर्मचारीहरुले पदबाट राजिनामा दिएका छन ।

Share News