आलेले नियुक्त गरेका अधिकारी ८ महिनामै निलम्बित

<p>काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई निलम्बन गर्ने निर्णय गरेको हो । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आलेको सिफारिसमा गत कात्तिकमा सरकारले उनलाई आगामी ४ वर्षका लागि निगमको कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो । मन्त्री आलेकै सिफारिसमा नियुक्त भएका अधिकारी [&hellip;]</p>

काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई निलम्बन गर्ने निर्णय गरेको हो ।

संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आलेको सिफारिसमा गत कात्तिकमा सरकारले उनलाई आगामी ४ वर्षका लागि निगमको कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो । मन्त्री आलेकै सिफारिसमा नियुक्त भएका अधिकारी आलेकै सिफारिसमा निलम्बित भएका हुन ।

अधिकारीको नेतृत्वमा निगम सञ्चालन गर्दा निगममा थप हानि नोक्सानी हुने देखिएकोले उनी निगमको कार्यकारी अध्यक्षमा रहन योग्य नदेखिएको, अधिकारीलाई निगममा राखिरहँदा निगमको ख्यातिमा आँच आउने र थप वित्तीय हानि नोक्सानी हुने साथै कर्मचारीको मनोबल गिर्न गइ निगमलाई प्रतिकूल असर पर्ने देखिएको भन्दै निलम्बन गरिएको जनाईएको छ ।

केही दिन अघि मात्र आफूले सिफारिस गरको व्यक्तिलाई निगममा नराखेको भन्दै मन्त्री आलेले कार्यकक्षमै बोलाएर अधिकारीलाई दुव्र्यवहार गरेका थिए ।

Share News