काठमाडौं । नेपाल आयल निगमले पेट्रोल तथा डिजेलको मूल्य बढाएसँगै वायुसेवा कम्पनीहरुले समेत हवाई भाडा बढाएका छन् ।
वायुसेवा कम्पनीको छाता संगठन वायुसेवा सञ्चालक संघले सोमबार हवाई भाडादर बढाएको हो । यसअघि उडान हुने गन्तव्यमा १७० रुपैयाँदेखि ८ सय ४० रुपैयाँसम्म भाडादर बढेको छ । भाडा बढेसँगै अब काठमाडौं–धनगढीको भाडादर १६ हजार ८०५ रुपैयाँ पुगेको छ । सबैभन्दा धेरै भाडानै उक्त रुटको हो ।
संघले बढेको नयाँ भाडादर बुधबारदेखि लागु हुने जनाएको छ । आईतबार राती १२ बजेदेखि लागु हुने गरी नेपाल आयल निगमले हवाई इन्धनको मूल्य १९ रुपैयाँले बढाएको थियो । निगमले हवाई इन्धनको मूल्य बढाएसँगै वायुसेवा सञ्चालक संघले हवाई भाडादर बढाएको हो ।
संघले अन्तर्राष्ट्रिय विमानस्थलको ५ सय रुपैयाँ र अन्य विमानस्थलमा ३ सयदेखि ४ सय रुपैयाँसम्म एयरपोट शुल्क (ट्याक्स) कायम गर्ने निर्णय गरेको छ ।
यस्तै, सोमबारदेखि लागु हुने गरी सार्वजनिक सवारीको समेत भाडा बढेको छ । यातायात व्यवस्था विभागले आजदेखि लागु हुने गरी यात्रुवाहक सवारीमा ५.३०, पहाडी बाटोमा सञ्चालन हुने मालवहाक सवारीमा ट.९४ र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ७.७ प्रतिशतले भाडा बढाएको हो ।
यस्ताे छ नयाँ मूल्य सूची :
