काठमाडौं । भारतमा स्पाइस जेटको विमानमा आगलागी भएको छ । बिहारको राजधानी पटनामा आइतबार उडिरहेको स्पाइस जेटको विमानमा आगलागी भएको हो ।
उडानका क्रममा जहाजमा आगलागी भएपछि चालक दलका सदस्यले आपतकालीन अवतरण गराएका थिए । उक्त जहाजमा १८५ जना यात्रु सवार रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
भारतीय सञ्चार माध्यमका अनुसार आपतकालीन अवतरण गरेर जहाजका सबै यात्रुलाई बाहिर निकालिएकोे थियो । पटना डिएमले मिडियालाई दिएको जानकारी अनुसार विमानका सबै यात्री सुरक्षित छन् ।