काठमाडौं । भारतीय रेल धार्मिक पर्यटक बोकेर नेपाल आउने भएको छ । सो रेल पर्यटक बोकेर जनकपुरसम्म आउँन लागेको हो ।
भारतीय रेल असारको ९ गते जनकपुरसम्म आउने भएको कम्पनीका प्रबन्ध सञ्चालक निरंजन कुमार झाले जानकारी दिए । सो रेल नेपाली ट्रयाकबाट जनकपुरसम्म आउने छ । प्रबन्ध सञ्चालक झाका अनुसार कति यात्रु आउने भनेर जानकारी आइसकेको छैन ।
‘भारतले रेलमा घुम्ने धार्मिक प्याकेज बनाएको छ, सो प्याकेज मध्ये एउटा प्याकेज जनकपुरमा आउने भएको छ, भविष्यमा नेपाल पनि पर्यटकीय गन्तव्य हुन सक्छ भन्ने यो एउटा संकेत हो,’ उनले भने ।
भारत गौरवको अवसर पारेर रेल आउने लागेको पनि झाले बताए ।