तारा एयरको पोखरा-जोमसोम उडान एक साता बन्द हुने

<p>काठमाडौं । तारा एयरको पोखरा-जोमसोम उडान एक साता बन्द हुने भएको छ । बिहीबार सूचना जारी गर्दै तारा एयरले एक साता पोखरा-जोमसोम उडान बन्द हुने जनाएको हो । कम्पनीको अनुसार जेठ २० गतेदेखि जेठ २७ गतेसम्म पोखरा-जोमसोम उडान बन्द हुनेछ । आइतबार पोखराबाट जोमसोम उडेको तारा एयरको नाइन एन एइटी ट्विनअटर जहाज दुर्घटना हुँदा चालक दलका ३ जनासहित [&hellip;]</p>

फाइल फाेटाे

काठमाडौं । तारा एयरको पोखरा-जोमसोम उडान एक साता बन्द हुने भएको छ । बिहीबार सूचना जारी गर्दै तारा एयरले एक साता पोखरा-जोमसोम उडान बन्द हुने जनाएको हो ।

कम्पनीको अनुसार जेठ २० गतेदेखि जेठ २७ गतेसम्म पोखरा-जोमसोम उडान बन्द हुनेछ ।

आइतबार पोखराबाट जोमसोम उडेको तारा एयरको नाइन एन एइटी ट्विनअटर जहाज दुर्घटना हुँदा चालक दलका ३ जनासहित २२ यात्रुको ज्यान गएको थियो ।

Share News