समन्वय अभाव भएपछि रोकियो पर्वतीय उडान

<p>काठमाडौं । काठमाडौंबाट स्टल सेक्टरमा उडान हुने जहाजहरु आज कुनै पनि गन्तव्यमा उडेका छैनन् । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) को मंगलबारको निर्देशनले अन्योल भएपछि वायुसेवा कम्पनीहरुले इनरुटको उडान बन्द गरेका हुन । उडान हुने गन्तव्यहरुको मौसम सफा भए तापनि अन्योलका कारण उडान बन्द भएको वायुसेवा कम्पनीहरुले जनाएका छन् । मंगलबार प्राधिकरणले मौसम सफा नभएसम्म [&hellip;]</p>

फाइल फाेटाे

काठमाडौं । काठमाडौंबाट स्टल सेक्टरमा उडान हुने जहाजहरु आज कुनै पनि गन्तव्यमा उडेका छैनन् ।

नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) को मंगलबारको निर्देशनले अन्योल भएपछि वायुसेवा कम्पनीहरुले इनरुटको उडान बन्द गरेका हुन । उडान हुने गन्तव्यहरुको मौसम सफा भए तापनि अन्योलका कारण उडान बन्द भएको वायुसेवा कम्पनीहरुले जनाएका छन् ।

मंगलबार प्राधिकरणले मौसम सफा नभएसम्म इनरुटमा उडानको अनुमति नदिने निर्णय गरेको थियो । सोही निर्णयको आधारमा बुधबार अनुमतिमा अन्योल भएपछि उडान रोकिएको हो ।

कन्ट्रोल टावरले मौसम बिभागलाई देखाउँदा एअरलाईन्सहरुलाई मौसमको आधिकारिक जानकारी लिन समस्या भएको वायुसेवा कम्पनीहरुले जनाएका छन् ।

आज भएको पर्वतिय उडानका पाईलट तथा अन्य नन–स्टलका पाइलटले इनरुटको मौसम राम्रो रहेको जानकारी दिएपनी उडानको अन्यौलता कायम रहेको छ । सम्बन्धित निकाएको समन्वय बिना भएका हचुवा निर्णयले यात्रुहरूले सास्ती बेहोर्नु परेको उनीहरुको भनाई छ ।

Share News