मुस्ताङ दुर्घटनामा नेपालले गुमायो तीन क्यापटेन

<p>काठमाडौं । आइतबार बिहानदेखि हराइरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । मुस्ताङको थासाङ-२ मा विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए । उक्त दुर्घटनामा नेपालले तीन पाइलट गुमाएको छ । आइतबार पोखराबाट जोमसोमका लागि उडानको नेतृत्व गरेका ताराका बरिष्ठ पाइटल तथा ट्विनअटर विमानका प्रशिक्षक पाइलट प्रभावकर घिमिरे, [&hellip;]</p>

काठमाडौं । आइतबार बिहानदेखि हराइरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । मुस्ताङको थासाङ-२ मा विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए ।

उक्त दुर्घटनामा नेपालले तीन पाइलट गुमाएको छ । आइतबार पोखराबाट जोमसोमका लागि उडानको नेतृत्व गरेका ताराका बरिष्ठ पाइटल तथा ट्विनअटर विमानका प्रशिक्षक पाइलट प्रभावकर घिमिरे, सोही विमानमा सहचालक रहेका उत्सव पोखरेल र यात्रुका रुपमा उडान भरेका तारकै सिनियर पाइलट बसन्त लामाले ज्यान गुमाएका छन् ।

घिमिरे र पोखरेल नियमित उडानका क्रममा जोमसोमको उडान भरेका थिए भने लामा यात्रुका रुपमा जोमसोम घुम्न गएको तारा एयरले जनाएको छ ।

सोमबार बिहान जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएसँगै ताराले तीन पाइटल गुमाएको छ ।

कलसाइन नाइन–एन एईटी जहाजमा चारजना भारतीय, दुईजना जर्मन नागरिक र १३ जना नेपाली साथै तीनजना चालक दलका सदस्यसहित २२ जना यात्रु थिए । दुर्घटनामा सबैको निधन भएको छ ।

आइतबार बिहान ९ बजेर ५५ मिनेटमा पोखरा विमानस्थलबाट जोमसोमका लागि उडान भरेको जहाज उडान भरेको १२ मिनेटदेखि सम्पर्क विहीन भएको थियो ।

यार्सागुम्बा टिप्न गएकाले दुर्घटनास्थल देखेपछि नेपाली सेनालाई खबर गरेका थिए । उनीहरुले खबर गरेको स्थानमा नेपाली सेनाको हेलिकप्टर पुगिसकेको छ ।

सो जहाजमा चालक दलका तीन सदस्यसहित इन्द्र बहादुर गोले, पुरुषेत्तम गोले, राजन कुमार गोले, मिक ग्र्याट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर सवार थिए ।

Share News