दुर्घटनाग्रस्त अवस्थामा भेटियो तारा एयरको विमान

<p>काठमाडौं । आइतबार बिहानदेखि हराइरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । मुस्ताङको थासाङ(२ मा विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए । यार्सागुम्बा टिप्न गएकाले दुर्घटनास्थल देखेपछि नेपाली सेनालाई खबर गरेका थिए । उनीहरुले खबर गरेको स्थानमा नेपाली सेनाको हेलिकप्टर पुगिसकेको छ । आइतबार बिहान ९ बजेर [&hellip;]</p>

तस्वीरःनेपाली सेना

काठमाडौं । आइतबार बिहानदेखि हराइरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । मुस्ताङको थासाङ(२ मा विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए ।

यार्सागुम्बा टिप्न गएकाले दुर्घटनास्थल देखेपछि नेपाली सेनालाई खबर गरेका थिए । उनीहरुले खबर गरेको स्थानमा नेपाली सेनाको हेलिकप्टर पुगिसकेको छ ।

आइतबार बिहान ९ बजेर ५५ मिनेटमा पोखरा विमानस्थलबाट जोमसोमका लागि उडान भरेको जहाज उडान भरेको १२ मिनेटदेखि सम्पर्क विहीन भएको थियो ।

१९ यात्रु लिएर उडान भरेको ताराको ९ एनएईटी ट्विनअटर विमानको नेतृत्व बरिष्ठ क्यापटेन प्रभावकरप्रसाद घिमिरेले गरेका थिए । उनी तारा एयरका अनुभवी पाइटल हुन भने ट्विनअटर जहाजका प्रशिक्षक पाइलट (आइपी) थिए ।

सो जहाजमा चालक दलका तीन सदस्यसहित इन्द्र बहादुर गोले, पुरुषेत्तम गोले, राजन कुमार गोले, मिक ग्र्याट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर सवार थिए ।

 

Share News