काठमाडौं । तारा एयरको जहाज सम्पर्कविहीन भएको छ । आइतबार बिहान पोखराबाट जोमसोमका लागि १९ यात्रु बोकेर उडेको जहाज सम्पर्क विहीन भएको हो ।
पोखराबाट जोमसोमका लागि उडेको ९ एन एईटी विमान क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौला सम्पर्क विहीन भएको जानकारी आएको बताए । ‘मैले पनि भरखर खबर पाएको छ, बाँकी विवरण आउन बाँकी छ’, उनले भने ।
एयरलान्सका अनुसार जहाजमा चार जना भारतीय नागरिक, दुईजना अन्य देशका र १३ जना नेपाली यात्रु साथै चालक दलका तीन सदस्य गरी २२ जना रहेका थिए।