बुद्ध एयरले बोकेन आगोले जलेको बिरामी

<p>काठमाडौं । बुद्ध एयरले आगोले जलेको बिरामीलाई थप उपचारका लागि काठमाडौं ल्याउन नमानेको बिरामीका आफन्तले आरोप लगाएका छन् । बुधबार आगोले पोलेर घाइते बनेकी बाजुराकी लोकश्वरी कुवँरलाई थप उपचारका लगि बुद्ध एयरले धनगढीबाट काठमाडौं ल्याउन नमानेको उनीहरुले आरोप लगाएका हुन । उपचारका लागि काठमाडौं ल्याउने भन्दै बुधबार बिहानैदेखि धनगढी विमानस्थलमा राखिएको बिरामीलाई साँझ ९ बजेसम्म [&hellip;]</p>

फाइल फोटो

काठमाडौं । बुद्ध एयरले आगोले जलेको बिरामीलाई थप उपचारका लागि काठमाडौं ल्याउन नमानेको बिरामीका आफन्तले आरोप लगाएका छन् ।

बुधबार आगोले पोलेर घाइते बनेकी बाजुराकी लोकश्वरी कुवँरलाई थप उपचारका लगि बुद्ध एयरले धनगढीबाट काठमाडौं ल्याउन नमानेको उनीहरुले आरोप लगाएका हुन ।

उपचारका लागि काठमाडौं ल्याउने भन्दै बुधबार बिहानैदेखि धनगढी विमानस्थलमा राखिएको बिरामीलाई साँझ ९ बजेसम्म बुद्धले काठमाडौं नल्याएपछि १० बजे घरमा फिर्ता गरिएको जनाईएको छ ।

‘आगाले जलेर घाइते बाजुराकी लोकश्वरी कुवँरलाइ धनगढीबाट काठमाडौं जहाजले ल्याउन मानेन, हिजो साँझ ६ बजे बुद्ध एयरको टिकट बनाएका थियौँ, जहाजको डिले फलाइट भएर धनगढी एयरपोर्टमा राति ९ बजेपछि मात्र पुग्यो । बिरामीलाई बोडिङसम्म गर्न लगाए, तर अन्त्यमा बुद्ध एयरका कर्मचारी र पाइलटले हुँदैन लिँदैनौ भनेर एयरपोर्टबाट फिर्ता गराए । चिकित्सकले जहाज चढ्न मिल्छ भनेर सिफारिस गर्दा पनि बुद्ध एयर लिन मानेन, सामाजिक सञ्जालमा प्रकाश सिंहले लेखेका छन्, ‘जहाज लिने भनेपछि बिहान धनगढी पुगेको बिरामी धनगढी राखिएको थियो, जहाजले नलिएपछि एयरपोर्टबाट १० बजे फिर्ता गरियो ।’

उनले बुढिगंगा नगरपालिका स्वास्थ्य संयोजक दिपक शाह र उनका समूहका साथीहरुले बुद्ध एयरको पाइलट र कर्मचारी टिमलाई राति १० बजेसम्म धेरै अनुरोध गर्दा पनि बिरामी कुवँरलाइ लिन नमानेको बताए ।

ह्विलचियरमा राख्न नसक्ने भएपछि छोडियो

बुद्ध एयरले उक्त बिरामीलाई काठमाडौं ल्याउन धेरै प्रयास गरेिएता पनि ल्याउन नसकिएको जनाएको छ । बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्र कर्णले सोही प्रकृतिको अर्काे बिरामीलाई ल्याउनुपर्दा आगोले पोलेको बिरामीलाई छोड्नु परेको बताए ।

‘हामीलाई अगाडी नै २४ वर्षिया ढाँढ भाँचिएकी बिरामीलाई स्ट्रेचरमा ल्याउनुपर्ने जानकारी आएको थियो, सोही जानकारी अनुसार हामीले काठमाडौंबाट इन्जिनियर सहितको टोली लगेर उहाँलाई थप उपचारका लागि काठमाडौं ल्याउने व्यवस्था गर्याे, एकै जहाजमा दुईवटा स्ट्रेचर राख्न नमिल्ने भएका कारण उहालाई ह्विलचियमा राखेर ल्याउने प्रयास गरेका थियौँ, तर उहाँ बस्न नसक्ने भएपछि छोड्नु पर्याे,’ उनले भने ।

बुधबार ‘धनगढीबाट काठमाडौं उडान नम्बर २५६ मार्फत बुद्ध एयरले यात्रु उडाएनन’ भन्ने पोष्ट प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘हिजो त्यही उडानमा २४ वर्षिया ढाँढ भाँचिएकी बिरामीलाई स्ट्रेचरको सायहतामा काठमाडौं ल्यायौं, उहाँले स्ट्रेचरका लागि सबै आवश्यक प्रक्रिया डाक्टरबाट प्रमाणित फिट टु फ्लाई अनुसार नै हामीले सबै सुरक्षाका मापदण्ड पु¥याएर काठमाडौं ल्याएका थियौं, यस्तै अर्का ह्वील चेयरमा पनि बस्न निकै अप्ठ्यारो र असमर्थता जनाउने आगोले जलेको बिरामीलाई धनगढीबाट काठमाडौं उडान लामो र सिटमा बस्नै नसक्ने भएकाले बाध्यतावश ती यात्रुलाई अफलोड गरिएको जानकारी गराउन चाहन्छौं’, बुद्धले सामाजिक संजालमा लेखेकाे छ ।

Share News