नबिलमा एनबी बैंक गाभिने पक्का, दुवै बैंकले साधारणसभाबाट पाए स्वीकृति

<p>काठमाडौं । नबिल बैंकले एनबी बैंकलाई र एनबी बैंक नबिल बैंकमा गाभिने पक्का भएको छ । दुवै बैंकको आज भएको विशेष साधारणसभाले दुवै बैंक एक आपसमा गाभ्न/गाभिनका लागि अख्तियारी दिएको हो । दुवै बैंकले मर्जर तथा एक्विजिसन भन्दै आज (शनिबार) विशेष साधारणसभा बोलाएका थिए । दुवै बैंकको विशेष साधारणसभाले गाभ्ने तथा गाभिन स्वीकृति प्रदान गरेसँगै [&hellip;]</p>

काठमाडौं । नबिल बैंकले एनबी बैंकलाई र एनबी बैंक नबिल बैंकमा गाभिने पक्का भएको छ । दुवै बैंकको आज भएको विशेष साधारणसभाले दुवै बैंक एक आपसमा गाभ्न/गाभिनका लागि अख्तियारी दिएको हो ।

दुवै बैंकले मर्जर तथा एक्विजिसन भन्दै आज (शनिबार) विशेष साधारणसभा बोलाएका थिए । दुवै बैंकको विशेष साधारणसभाले गाभ्ने तथा गाभिन स्वीकृति प्रदान गरेसँगै अब दुवै बैंक एक आपसमा गाभ्ने गाभिने प्रक्रियामा अगाडि बढ्नेछ।

दुवै बैंकको साधारणसभाले सभामा प्रस्ताव गरेका सबै एजेण्डा पारित गरेको बताइएको छ । एनबी बैंकका सूचना अधिकारी विश्व प्रकाश पौडेलले एनबी बैंकले विशेष साधारणसभामा पेश गरेका सबै एजेणहरु सर्वसम्मत पारित भएको बताए । उनका अनुसार अब एनबी बैंक नबिलमा गाभिने प्रक्रिया अगाडि बढ्नेछ ।

यस्तै, नबिल बैंकका कर्पोरेट कम्युनिकेशन हेड कृष्ण सुवेदीले पनि नबिल बैंकमा एनबी बैंक गाभ्ने प्रस्ताव विशेष साधारणसभाले सर्वसम्मत रुपमा पारित गरेको बताए । उनले पनि सभामा प्रस्तुत भएका सबै प्रस्तावहरु स्वीकृत भएको बताए ।

यस्तो बन्नेछ बैंक

एनबी बैंकलाई गाभेपछि नबिल अधिकांश सूचकमा पहिलाे बैंक बन्नेछ । मर्जरपछि नबिल बैंकको चुक्ता पुँजी पौने २३ अर्ब रुपैयाँ पुग्नेछ । अहिले नबिल बैंकको पुँजी १८ अर्ब ४९ करोड रुपैयाँ छ भने नेपाल बंगलादेश बैंकको चुक्ता पुँजी १० अर्ब ८ करोड रुपैयाँ छ ।

नबिलले एनबी बैंकलाई ४३ रुपैैयाँमा भाग्न लागेको हो । यी बैंक मर्ज भएपनि यस अघि मर्ज भएको ग्लोबल आइएमइर्ए बैंक नै पुँजीका आधारमा अगाडि हुनेछ । नबिल पुँजीको आधारमा दोस्रो बैंक बन्नेछ ।

हाल नबिल बैंकको निक्षेप २ खर्ब ३४ अर्ब २२ करोड ९९ लाख ४८ हजार र कर्जा २ खर्ब २१ अर्ब ९८ करोड ९३ लाख ५६ हजार रूपैयाँ छ । यस्तै, एनबी बैंकको निक्षेप ८२ अर्ब २ करोड १५ लाख १७ हजार र कर्जा लगानी ७६ अर्ब २० करोड ९३ लाख १५ हजार रूपैयाँ छ ।

हालसम्म बढी लाभांश वितरणमा नबिल बैंक पहिलो बन्दै गएको छ । नबिल बैंकले एनबी बैंकलाई गाभेर अझै पनि आफ्नो स्थान सुरक्षित बनाउने रणनीति छ ।

Share News