डाक्टर प्रीति भुसालले गरिन् सगरमाथा आरोहण

<p>काठमाडौं । डाक्टर प्रीति भुसालले सगरमाथाको सफल आरोहण गरेकी छिन् । भुसालले बिहीबार सगरमाथाको सफल आरोहण गरेकी हुन् । अर्घाखाँची स्थायी घर भएकी ३४ वर्षीया भुसाल हाल मेडिकल अफिसरको रुपमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत छिन् । कोभिड-१९ को लडाइँ विरुद्ध अग्रपङ्तिमा रहने चिकित्सक, कर्मचारी, स्वास्थ्यकर्मी, सामाजिक कार्यकर्ताहरुको योगदानको सम्मान गर्न तथा प्रकृतिमा जलवायु परिवर्तनको असर कम गर्नुको [&hellip;]</p>

काठमाडौं । डाक्टर प्रीति भुसालले सगरमाथाको सफल आरोहण गरेकी छिन् । भुसालले बिहीबार सगरमाथाको सफल आरोहण गरेकी हुन् ।

अर्घाखाँची स्थायी घर भएकी ३४ वर्षीया भुसाल हाल मेडिकल अफिसरको रुपमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत छिन् ।

कोभिड-१९ को लडाइँ विरुद्ध अग्रपङ्तिमा रहने चिकित्सक, कर्मचारी, स्वास्थ्यकर्मी, सामाजिक कार्यकर्ताहरुको योगदानको सम्मान गर्न तथा प्रकृतिमा जलवायु परिवर्तनको असर कम गर्नुको विकल्प नरहेको सन्देश दिने सगरमाथा आरोहण गरेको उनले बताएकी छिन् ।

Share News