काठमाडौं । अन्नपुर्ण केबलकारले एसईई दिई बसेका छात्रछात्रा र नव-विवाहित जोडीलाई लक्षित गर्दै नयाँ अफर ल्याएको छ ।
यस अफर अन्तर्गत केबलकारले एसईई दिएका छात्रछात्रालाई ५० प्रतिशत छुट र १ टिकटको खरीदमा अर्को एक केबुलकार टिकट निःशुल्क प्रदान गर्नेछ ।
यस योजनामा सहभागी हुनका लागि विद्यार्थी छात्रछात्राहरुले यस वर्ष एसईई परीक्षामा सामेल भएको परीक्षा प्रवेश पत्र अनिवार्य देखाउनु पर्नेछ भने नव-विवाहित जोडीले आफु विवाहित भएको विवाह कार्ड अनिवार्य देखाउनु पर्नेछ ।
विद्यार्थीको लागि योजना वैशाख ३० गतेसम्म लागु हुने र असार मसान्तसम्म लागु हुने केबुलकारले जनाएको छ ।