काठमाडौं । अप्रिल महिनामा ५८ हजार बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । पर्यटन बोर्डले सार्वजनिक गरेको अप्रिल महिनाको तथ्यांक अनुसार एक महिनामा विभिन्न देशका ५८ हजार ३८४ जना विदेशी नेपाल भित्रिएका हुन ।
गत मार्च महिनाको तुलनामा अप्रिल महिनामा नेपाल आउने विदेशीको संख्यामा वृद्धि भएको छ । मार्च महिनामा कोरोना महामारी यतकै बढी ४२ हजार ६ जना विदेशी नेपाल आएका थिए ।
बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार गत वर्षको अप्रिलमा १ हजार ४६८ विदेशी नेपाल आएका थिए ।
अप्रिल महिनामा नेपालबाट ५२ हजार ६६३ जना पर्यटन बाहिरिएका छन् ।