भोलिदेखि आन्तरिक उडानका जहाज नचल्ने

<p>काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले लागू गर्ने भनेको रात्रिकालीन उडानको योजनालाई आन्तरिक उडानका वायुसेवा कम्पनीले कार्यान्वयन नगर्ने बताएका छन् । बिहीबार वायुसेवा सञ्चालक संघले एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । प्राधिरकणले भोलि (शुक्रबार)देखि नै राति ८ बजेपछि आन्तरिक हवाई उडानको उडानको तालिका राखेमा सबै आन्तरिक उडान सेवा बन्द गर्ने संघको चेतावनी [&hellip;]</p>

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले लागू गर्ने भनेको रात्रिकालीन उडानको योजनालाई आन्तरिक उडानका वायुसेवा कम्पनीले कार्यान्वयन नगर्ने बताएका छन् । बिहीबार वायुसेवा सञ्चालक संघले एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।

प्राधिरकणले भोलि (शुक्रबार)देखि नै राति ८ बजेपछि आन्तरिक हवाई उडानको उडानको तालिका राखेमा सबै आन्तरिक उडान सेवा बन्द गर्ने संघको चेतावनी छ ।
प्राधिकरणले बुधबार नियमित उडान गरिरहेका आन्तरिक उडानका वायुसेवा कम्पनीहरुलाई पत्र लेखेर नयाँ उडान तालिकाबारे जानकारी गराएको थियो ।
संघका अनुसार अग्रिम रुपमा टिकट काटिसकेको अवस्थामा उडान तालिका परिवर्तन गर्दा यात्रुलाई मार पर्ने भएकाले प्राधिकरणको निर्णय मान्न नसकिने अवस्था आएको हो ।

Share News