१६ खर्बको व्यापारमा १३ खर्ब घाटा

<p>काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा (साउनदेखि चैतसम्म) नेपालले १३ खर्बको व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको चैतसम्मको तथ्यांक अनुसार नेपालले नौ महिनाको अवधिमा १३ खर्ब बढीको व्यापार घाटा व्यहोरेको हो । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चैतमसान्तसम्म १३ खर्ब ६ अर्ब ८९ करोड बढी व्यापार घाटा [&hellip;]</p>

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा (साउनदेखि चैतसम्म) नेपालले १३ खर्बको व्यापार घाटा व्यहोरेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको चैतसम्मको तथ्यांक अनुसार नेपालले नौ महिनाको अवधिमा १३ खर्ब बढीको व्यापार घाटा व्यहोरेको हो ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चैतमसान्तसम्म १३ खर्ब ६ अर्ब ८९ करोड बढी व्यापार घाटा व्यहोरेको छ । गत वर्षको सोही अवधिमा नेपालले १० खर्ब १६ अर्ब ६२ करोड ८३ लाख रुपैयाँ रहेको थियो ।

गत वर्षको तुलनामा नेपालको व्यापार घाटा चालुु आवको ९ महिनामा २८.४७ प्रतिशतले बढेको हो ।

यस्तै, ९ महिनाको तथ्यांक अनुसार नेपालले १६ खर्ब बढीको वैदेशिक व्यापार गरेको छ । यस अवधिमा १६ खर्ब २७ अर्ब २३ करोड ४९ लाख रुपैयाँ बराबर भएको हो । गत वर्षको सोही अवधिमा १२ खर्ब ६ अर्ब १६ करोड २५ लाख रुपैयाँ बराबरको भएको थियो । गत वर्षको तुलनामा ३४.९१ प्रतिशतले वैदेशिक व्यापारमा बृद्धि भएको छ ।

साढे १४ खर्बको आयात

विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार नौ महिनाको अवधिमा साढे १४ खर्ब बढीले विदेशी वस्तुको आयात भएको छ ।

नौ महिनाको अवधिमा नेपालमा १४ खर्ब ६६ अर्ब ६६ करोड २० लाख रुपैयाँ बढीको आयात भएको हो । गत वर्षको सोही अवधिमा ११ खर्ब ११ अर्ब ३९ करोड ५४ लाख रुपैयाँ बढीको आयात भएको थियो । गत वर्षका तुलनामा चालु आवमा ३१.९७ प्रतिशतले आयातमा बृद्धि भएको छ ।

यस्तै, चालु आवको ९ महिनामा १ खर्ब ६० अर्ब ५७ करोड २९ लाख रुपैयाँ बढीको स्वदेशी वस्तुको निर्यात भएको छ । गत वर्षको सोही अवधिमा ९४ अर्ब ७६ करोड ७१ लाख रुपैयाँ बराबरको मात्र निर्यात भएको थियो । गत वर्षको तुलनामा चालु आवमा ६९.४४ प्रतिशतले निर्यातमा बृद्धि भएको छ ।

Share News