धौलागिरि आरोहणका क्रममा ग्रिसेली आरोहीको मृत्यु

<p>काठमाडौं । धौलागिरि हिमाल आरोहणका क्रममा ग्रिसेली आरोहीको मृत्यु भएको छ । समुन्द्रि सतहबाट ८ हजार १६७ मिटर उचाईमा रहेको धौलागिरि हिमाल आरोहण गरेर फर्कने क्रममा ग्रिसेली आरोही एन्टोनिस स्यकारिसको मृत्यु भएको हो । सेभेट समिट टे«कका प्रबन्ध निर्देशन मिङ्मा शेर्पाले एन्टोनिसको ७ हजार ४ सय मिटर उचाईमा मृत्यु भएको जानकारी दिए । खेलकुद क्षेत्रमा [&hellip;]</p>

फाइल फाेटाे

काठमाडौं । धौलागिरि हिमाल आरोहणका क्रममा ग्रिसेली आरोहीको मृत्यु भएको छ ।

समुन्द्रि सतहबाट ८ हजार १६७ मिटर उचाईमा रहेको धौलागिरि हिमाल आरोहण गरेर फर्कने क्रममा ग्रिसेली आरोही एन्टोनिस स्यकारिसको मृत्यु भएको हो ।

सेभेट समिट टे«कका प्रबन्ध निर्देशन मिङ्मा शेर्पाले एन्टोनिसको ७ हजार ४ सय मिटर उचाईमा मृत्यु भएको जानकारी दिए ।

खेलकुद क्षेत्रमा सक्रिय एन्टोनिसको ६० वर्षको उमेरमा मृत्यु भएको हो । उनले हालसम्म ८ हजार मिटरभन्दा माथिका सगरमाथा, कञ्चनजंघा, मनास्लु, ल्होत्से, अन्नपूर्ण लगायतका हिमालको सफल आरोहण गरिसकेका छन् ।

Share News