क्यूआर कारोबारमा नबिल, एनआईसी र ग्लोबलबीच प्रतिस्पर्धा, कुन बैंकको हिस्सा कति ?

<p>काठमाडौं । माघ महिनामा २४ वटा वाणिज्य बैंकहरूको क्यूआर कोडमार्फत् करिब पौने ६ अर्ब रुपैयाँ भुक्तानी भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार २४ वटा वाणिज्य बैंकहरूको क्यूआर कोडमार्फत् माघ महिनामा १२ लाख ४४ हजार ५११ पटक भएको कारोबार भएको छ । सो कारोबारमार्फत् कुल ५ अर्ब ८५ करोड २६ लाख ११ हजार रुपैयाँ भुक्तानी [&hellip;]</p>


काठमाडौं । माघ महिनामा २४ वटा वाणिज्य बैंकहरूको क्यूआर कोडमार्फत् करिब पौने ६ अर्ब रुपैयाँ भुक्तानी भएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार २४ वटा वाणिज्य बैंकहरूको क्यूआर कोडमार्फत् माघ महिनामा १२ लाख ४४ हजार ५११ पटक भएको कारोबार भएको छ ।

सो कारोबारमार्फत् कुल ५ अर्ब ८५ करोड २६ लाख ११ हजार रुपैयाँ भुक्तानी भएको देखिएको हो । २७ वटा वाणिज्य बैंकहरूमध्ये नेपाल इन्भेष्टमेन्ट बैंक, हिमालयन बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकको तथ्यांक राष्ट्र बैंकसमक्ष आएको देखिँदैन ।

वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कारोबार भुक्तानी नबिल बैंकको क्यूआर कोडमार्फत् भएको छ । नबिल बैंकको क्यूआर कोडमार्फत् माघ महिनामा एक लाख ४३ हजार ५०६ पटक भएको कारोबारमार्फत् कुल ९८ करोड ८५ लाख ६७ हजार रुपैयाँ भुक्तानी भएको छ ।

क्यूआर कोडमार्फत् बढी रकम भुक्तानी हुने दोस्रो बैंकका रुपमा एनआईसी एसिया बैंक देखिएको छ । एनआईसी एसिया बैंकको क्यूआर कोडमार्फत् माघ महिनामा एक लाख ७८ हजार ७६७ पटक भएको भुक्तानी संख्यामार्फत् कुल ७८ करोड ८८ लाख १० हजार रुपैयाँ भुक्तानी भएको छ ।

यस्तै, रकम भुक्तानी बढी हुने बैंकको तेस्रो नम्बरमा ग्लोबल आईएमई बैंक देखिएको छ । ग्लोबल आईएमई बैंकको क्यूआर कोडमार्फत् माघ महिनामा एक लाख ४ हजार २६० कारोबार संख्यामार्फत् कुल ५१ करोड २५ लाख ८६ हजार रुपैयाँ भुक्तानी भएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

क्यूआर कोडमार्फत बढी कारोबार हुने बैंकको चौथो नम्बरमा भने सिद्धार्थ बैंक छ । सिद्धार्थ बैंकको क्यूआर कोडमार्फत् माघ महिनामा ७८ हजार ८८० कारोकार संख्यामार्फत् कुल ३६ करोड ७७ लाख ५ हजार रुपैयाँ भुक्तानी भएको देखिएको छ ।

क्यूआर कोडमार्फत् भुक्तानी गर्ने बैंकहरूमध्ये प्रभु बैंक, लक्ष्मी बैंक, राष्ट्रिय वाणिज्य बैंक, एभरेष्ट बैंक, माछापुच्छ्रे बैंक, सानिमा र सनराइज बैंक पनि अगाडि देखिएका छन् ।

नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङलाई प्राथमिकता दिएसँगै वाणिज्य तथा विकास बैंकहरूले पनि क्यूआर कोडको कारोबारलाई पनि महत्त्वका साथ काम गरिरहेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी स्वयम् पनि विभिन्न ठाउँहरूमा गएर बैंकहरूका क्यूआर कोड सेवाको उद्घाटन गरिहरेका छन् ।

माघ महिनामा विभिन्न कम्पनीहरूमार्फत् हुने क्यूआर कोडको कारोबार बढेको देखिन्छ । राष्ट्र बैंकको तथ्यांक अनुसार माघ महिनामा विभिन्न कम्पनीहरूको क्यूआर कोडमा १७ लाख ८२ हजार ३६३ कारोबार संख्यामार्फत् कुल ६ अर्ब ८९ करोड २० लाख रुपैयाँ भुक्तानी भएको छ ।

Share News