राष्ट्र बैंकले पुनर्कर्जाको ब्याजदर ७ प्रतिशत पुर्‍यायो

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनर्कर्जाको ब्याजदर ७ प्रतिशत कायम गरेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार पुनर्कर्जा कार्यविधि २०७८ को चौथो संशोधनमार्फत ७ प्रतिशत ब्याजदर कायम गरेको हो । राष्ट्र बैंकले साधारण पुनर्कर्जा अन्तर्गत बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकबाट ७ प्रतिशत लिन सक्ने व्यवस्था गरेको हो । बैंकहरुले राष्ट्र बैंकबाट भने ५ प्रतिशतमा पाउने [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनर्कर्जाको ब्याजदर ७ प्रतिशत कायम गरेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार पुनर्कर्जा कार्यविधि २०७८ को चौथो संशोधनमार्फत ७ प्रतिशत ब्याजदर कायम गरेको हो ।

राष्ट्र बैंकले साधारण पुनर्कर्जा अन्तर्गत बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकबाट ७ प्रतिशत लिन सक्ने व्यवस्था गरेको हो । बैंकहरुले राष्ट्र बैंकबाट भने ५ प्रतिशतमा पाउने छन् ।

बैंकका ग्राहकहरुले लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जामा ७ प्रतिशत, विशेष पुनर्कर्जामा ५ प्रतिशत र साधारण पुनर्कर्जा अन्तर्गत ७ प्रतिशत व्याज लिन पाउने छन् । बैंकहरुले भने राष्ट्र बैंकमार्फत् क्रमशः ४ प्रतिशत, २ प्रतिशत र ५ प्रतिशत ब्याजदरमा पुनर्कर्जा पाउनेछन् ।

एकमुष्ट रुपमा प्रदान गरिने पुनर्कर्जाको अवधि बढीमा एक वर्षको हुनेछ र यस्तो कर्जा नवीकरण हुने छैन ।

ग्राहक ऋणी अनुसार प्रदान गरिने पुनर्कर्जाको हकमा कोभिड–१९ बाट अति प्रभावित भनी बैंकले तोकेका क्षेत्रका ग्राहक ऋणीको लागि, लिक्विड अक्सिजन प्लाण्ट तथा अक्सिजन प्लाण्ट स्थापना गर्न स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई र निजी क्षेत्रबाट संचालन भएका आर्थिक रुपले सङ्कटग्रस्त जलबिद्युत्आयोजनाका समस्या सम्बन्धमा अध्ययन गर्न गठित समितिको प्रतिवेदनले पहिचान गरेका दश मेगावाट भन्दा साना जलबिद्युत् आयोजनालाई तथा नेपाल सरकारबाट महामारीजन्य रोगको उपचारको लागि मान्यता प्राप्त खोप उत्पादन गर्ने उद्योग स्थापना गर्न बढीमा एक वर्ष र मध्यम तथा न्यून प्रभावित क्षेत्र भनी बैंकले तोकेका ग्राहक ऋणीको लागि छ महिना अवधिको हुने कार्यविधिमा उल्लेख छ ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ ले तोकेको व्यवस्थानुसार बैंकले यस्तो पुनर्कर्जा नवीकरण गर्न सक्नेछ ।

यस्तै, बैंकबाट आह्वान गरी इजाजतपत्रप्राप्त संस्थालाई एकमुष्ट प्रदान हुने प्रति ग्राहक पुनर्कर्जाको अधिकतम सीमा ५ करोड रुपैयाँको हुनेछ । यसरी एकमुष्ट प्रदान गरिने पुनर्कर्जा रकम कुल पुनर्कर्जा प्रदान गर्न सकिनेरकमको ७० प्रतिशतभन्दा बढी नहुने व्यवस्था छ ।

बैंकले ग्राहक अनुसार मूल्याङ्कन गरी उपलव्ध गराउने पुनर्कर्जाको प्रति ग्राहक अधिकतम सीमा २० करोड रुपैयाँसम्म हुनेछ । तर, स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लाण्ट स्थापना गर्न तथा नेपाल सरकारबाट महामारीजन्य रोगको उपचारको लागि मान्यता प्राप्त खोप उत्पादन गर्ने उद्योग स्थापना गर्न प्रदान गरिने कर्जाको हकमा प्रति ग्राहक ऋणी ५० करोड रुपैयाँसम्म पुनर्कर्जा प्रदान गर्न यस व्यवस्थाले बाधा पुगेको नमानिने कार्यविधिमा उल्लेख छ ।

यसरी ग्राहक अनुसार प्रदान गरिने पुनर्कर्जा रकम कुल पुनर्कर्जा प्रदान गर्न सकिने रकमको २० प्रतिशतभन्दा बढी हुने छैन ।

Share News