पुस्कर र बिनिताको धन्दाः लगानीकर्ता बनेर क्रिप्टोको कारोबार, ४ बैंकमा देखियो पौने १० करोड

<p>काठमाडौं । राजश्व अनुसन्धान विभागले क्रिप्टोको कारोबार गर्ने दुई जनाविरुद्द मुद्दा दायर गरेको छ । विभागले विदेशी विनिमय गर्ने पुस्कर श्रेष्ठ र बिनिता लिम्बुविरुद्द काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । दुवै जना मोरङ रतुवाई नगरपालिकाका हुन् । उनीहहरुले गैरकानुनी रुपमा ९ करोड ७४ लाख ६९ हजार रुपैयाँ करोबार गरेको भेटेकाे हाे ।  विभिन्न [&hellip;]</p>

काठमाडौं । राजश्व अनुसन्धान विभागले क्रिप्टोको कारोबार गर्ने दुई जनाविरुद्द मुद्दा दायर गरेको छ । विभागले विदेशी विनिमय गर्ने पुस्कर श्रेष्ठ र बिनिता लिम्बुविरुद्द काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । दुवै जना मोरङ रतुवाई नगरपालिकाका हुन् ।

उनीहहरुले गैरकानुनी रुपमा ९ करोड ७४ लाख ६९ हजार रुपैयाँ करोबार गरेको भेटेकाे हाे ।  विभिन्न बैंकका बैंक स्टेटमेन्टहरु, वरामदित मोवाइलमा प्राप्त डाटाहरुलगायत कल डिटेल विवरण समेतका मिसिल संलग्न प्रमाणबाट श्रेष्ठ र लिम्बु समेतका प्रतिवादीहरूले सामूहिक रुपमा मिलाेमतो गरी मोबाइल एप्स एलएक्सवेट, एडीभी क्यास, क्वाइनवेस, प्याक्सफुल प्रयोग गरी विदेशी विनिमय अमेरिकी डलर सम्बन्धी कसुर कार्यमा संलग्न रहि सामूहिक रुपमा मोरङ्ग रतुवामाई नगरपालिकाबाट डलरको अनलाइन मार्फत अवैध रुपमा कारोबार गरेको कसुरजन्य कार्य गरेको विभागको ठहर छ ।

श्रेष्ठ र लिम्बुले एलएक्सवेट, एडीभी क्यास, क्वाइनवेस, प्याक्सफुल मार्फत रकम लोड तथा अनलोड गरी अमेरिकी डलर सटही तथा क्रिप्टोमा लगानीकर्ताको रुपमा रहि कार्य गरेको उल्लेख छ ।

श्रेष्ठले मेगा बैंकबाट ८६ लाख ८३ हजार, सिटिजन्स बैंकमा २ करोड ५१ लाख ७६ हजार, एनआईसी एसिया बैंकबाट १ करोड ८२ लाख ४९ हजार र राष्ट्रिय वाणिजय बैंकबाट २ करोड ३६ लाख ६२ हजार गरी कुल ७ करोड ५७ लाख ७१ हजार कारोबार गरेको देखिएको छ ।

यस्तै, लिम्बुले एनआईसी एशिया बैंकबाट २ करोड १६ लाख ९८ हजार कारोबार गरेको देखिएको हो । उनीहरु दुवै जनाले कुल ९ करोड ७४ लाख ६९ हजार ९८३ रकम कारोबार गरेको देखिएको हो ।

उनीहरुले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३ को उपदफा (१), दफा ४ को उपदफा (१), दफा ५ को उपदफा (१)र दफा १२ बमोजिम नेपाल राष्ट्र बैंकको सूचना समेतले निषेधित कसूर गरेको पुष्टि हुन आएकोले पुस्कर श्रेष्ठ र बिनिता लिम्बुलाई सोही ऐनको दफा १७ को उपदफा (१) बमोजिम बिगो जफत गरी सजाय हुन र दफा १७ को उपदफा ९९० बमोजिम तीन वर्षसम्मको कैद सजायको मागदावी लिइएको छ ।

Share News