वाणिज्य बैंकहरुले व्याज नबढाउने भएपछि सहकारीको पनि नबढ्ने

<p>काठमाडौं । वाणिज्य बैंकहरुले चैत महिनामा व्याज नबढाउने भएपछि सहकारीहरुको व्याज पनि नबढ्ने भएको छ । बैंकहरुबीच चैतमा व्याज नबढाउने विषय बाहिरिने बित्तिकै सहकारी अभियानकर्मीहरु पनि व्याज बढाउनु पर्छ भन्ने लविङबाट हटेका हुन् । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले सहकारीको व्याजदर तत्काल नबढ्ने बताए । ‘हामीले बैंकहरुको व्याज हेरेर सहकारीको व्याजदर निर्धारण गर्ने हो, [&hellip;]</p>

काठमाडौं । वाणिज्य बैंकहरुले चैत महिनामा व्याज नबढाउने भएपछि सहकारीहरुको व्याज पनि नबढ्ने भएको छ । बैंकहरुबीच चैतमा व्याज नबढाउने विषय बाहिरिने बित्तिकै सहकारी अभियानकर्मीहरु पनि व्याज बढाउनु पर्छ भन्ने लविङबाट हटेका हुन् ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले सहकारीको व्याजदर तत्काल नबढ्ने बताए । ‘हामीले बैंकहरुको व्याज हेरेर सहकारीको व्याजदर निर्धारण गर्ने हो, बैंकहरुले नबढाउने सहमति गरेका छन्, अब सहकारीको पनि बढ्दैन, अस्तिको छलफलमा पनि तत्कालको लागि १६ प्रतिशत कायम गरिएको थियो, केही समयपछि भने सो व्याजदर पुनरावलोकन हुनेछ,’ उनले भने ।

उनले आइतबार नेपाल सहकारी पत्रकार समाज (सिजेएन), राष्ट्रिय सहकारी महासंघ, नेपाल र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा सहकारी क्षेत्रको समसामयिक विषयमा सञ्चारकर्मीसँग छलफल कार्यक्रममा यस्तो धारणा राखेका हुन् ।
उनका अनुसार वाणिज्य बैंकहरुले व्याज बढाए मात्रै सहकारीको सन्दर्भ व्याजदर बढ्नेछ ।

‘हिजो सहकारीको सन्दर्भ व्याजदर १४.७५ प्रतिशत हुँदा पनि सहकारीहरुले ११/१२ प्रतिशतमै कर्जा लगानी गरेको थिए, त्यतिखेर तरलताको सहज अवस्था थियो, तर, अहिले असहज अवस्थामा पनि सहकारीले १६ प्रतिशतमा दिएका छन्, बैंकहरुले नै १६ प्रतिशतमा दिएको विषय हामी सुनिरहेका छौं,’ उनले भने ।

उनले सहकारी अभियान र सञ्चारकर्मीको समन्वय आवश्यक आवश्यक रहेको बताए । उनले दिनप्रतिदिन सहकारीमा आकर्षण बढेकोले अब यसको विश्वसनियतालाई थप बढाउनका लागि सबैले आ–आफ्नो ठाउँबाट लागि पर्नु पर्ने बताए ।

अब सहकारी अभियान र सञ्चार क्षेत्रको साथ सहयोग र समन्वय हुन आवश्यक छ, सहकारी क्षेत्रमा पनि अधुरो छ, यसमा सुधार गर्न आवश्यक छ, केही सीमित सहकारीको कारण सबै बदनामी हुनु परेको अवस्था छ,’ उनले भने ।

यस्तै, महासंघका पूर्व अध्यक्ष केशबप्रसाद बडालले सहकारी अभियान यथार्थपरक ढंगले लाग्नु पर्ने बताए । ‘सहकारी अभियान सामाजिक व्यवसाय नै हो, राज्यको चौथो अंग र सहकारी अभियान मिलेर अगाडि जानुपर्ने आजको आवश्यकता हो,’ उनले भने ।

उनले सहकारीहरुले वाणिज्य बैंकको एकाधिकार तोडेको पनि बताए । ‘विगतका दिनहरुमा सर्वसाधारणले वाणिज्य बैंकबाट ऋण पाउन सक्ने अवस्था थिएन, हुनेखानेले मात्रै ऋण पाउँथे, जब हसकारीहरुले आफ्नो काम सुरु गरे अहिले वाणिज्य बैंक ऋण लिइदिनु पर्यो भनेर घरमै आउँछन्, यो वातावरणको सिर्जना सहकारीले गरेको हो,’ उनले भने ।

Share News