माघ महिनामा मात्रै चालु खाता ६० अर्बले घाटामा, ७ महिनाको घाटा ४ खर्ब १४ अर्ब

<p>काठमाडौं । अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपाललाई करिब १३ अर्ब रुपैयाँ बराबरको गैरबजेटरी सहयोग रकम उपलब्ध गराएपछि नेपालको विदेशी मुद्रा संचितिमाथिको दबाब केही कम भएको छ । गत पुस मसान्तसम्ममा विदेशी मुद्राको संचितिले ६ महिना १८ दिनको लागि मात्रै आयात (वस्तु तथा सेवा) धान्न पुग्ने अवस्था रहेकोमा माघ महिनामा केही बढेर ६ महिना २१ [&hellip;]</p>

काठमाडौं । अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपाललाई करिब १३ अर्ब रुपैयाँ बराबरको गैरबजेटरी सहयोग रकम उपलब्ध गराएपछि नेपालको विदेशी मुद्रा संचितिमाथिको दबाब केही कम भएको छ ।

गत पुस मसान्तसम्ममा विदेशी मुद्राको संचितिले ६ महिना १८ दिनको लागि मात्रै आयात (वस्तु तथा सेवा) धान्न पुग्ने अवस्था रहेकोमा माघ महिनामा केही बढेर ६ महिना २१ दिन (६.७ महिना) आयात धान्न पुग्ने देखिएको हो ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालसँग ६.७ महिनाको अयात धान्न पुग्ने विदेशी मुद्रा संचिति छ । गत असार मसान्तमा नेपालसँग १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा संचिति थियो । माघ मसान्तसम्ममा आईपुग्दा यस्तो विदेशी मुद्राको संचिति घटेर ११ खर्ब ७३ अर्ब २ करोड रुपैयाँ बराबर मात्रै छ । गत असार मसान्तको तुलनामा विदेशी मुद्राको संचिति १६.२ प्रतिशतले घटेको हो ।

यस्तै, नेपालको चालु खाता घाटा बढेर ४ खर्ब १३ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । गत पुस मसान्तसम्ममा नेपालको चालु खाता घाटा ३ खर्ब ५४ अर्ब ७ करोड रुपैयाँ थियो । माघ महिनामा मात्रै चालु खाता घाटा ५९ खर्ब ७९ करोड रुपैयाँले बढेको छ ।

विदेशमा काम गर्ने नेपालीले पठाउने रकमको दर भने घटेको घट्यै छ । गत वर्षको माघ महिनासम्मको तुलनमा ४.९ प्रतिशतले घटेर रेमिटान्स रकम ५ खर्ब ४० अर्ब १२ करोड रुपैयाँ मात्रै आएको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिटान्स १०.९ प्रतिशतले बढेको थियो ।

चालु आर्थिक वर्षको सात महिना (साउनदेखि माघसम्म) मा नेपालबाट १ खर्ब ३१ अर्ब ६६ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको छ भने ११ खर्ब ४७ अर्ब ४६ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ । गत वर्षको सात महिनाको तुलनामा निर्यात ८८.३ प्रतिशतले र आयात ४२.८ प्रतिशतले बढेको छ ।

Share News