यी हुन् ठगी गर्नेहरुले अपनाउने १७ प्रमुख उपाय

<p>काठमाडौं । पछिल्लो समय ठगीको विगविगी बढेको छ । सर्वसाधारणलाई विभिन्न प्रलोभन देखाएर ठगी गर्ने कार्य बढेको सरकारले महसुस गरेको छ । गृहमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै ठगहरुले विशेष गरेर १७ थरीका विभिन्न उपाय अपनाउने गरेको जानकारी दिएको छ । मन्त्रालयले पछिल्लो समय ठगीका घटना बढेको भन्दै सतर्क हुन समेत अनुरोध गरेको छ । ‘पछिल्लो [&hellip;]</p>

काठमाडौं । पछिल्लो समय ठगीको विगविगी बढेको छ । सर्वसाधारणलाई विभिन्न प्रलोभन देखाएर ठगी गर्ने कार्य बढेको सरकारले महसुस गरेको छ ।

गृहमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै ठगहरुले विशेष गरेर १७ थरीका विभिन्न उपाय अपनाउने गरेको जानकारी दिएको छ । मन्त्रालयले पछिल्लो समय ठगीका घटना बढेको भन्दै सतर्क हुन समेत अनुरोध गरेको छ ।

‘पछिल्लो समय विभिन्न व्यक्ति तथा समुहले अवसर र लाभ उपलब्ध गराउने भनी गैरकानुनी ठगी सम्बद्ध क्रियाकलापहरु गरेको पाइएकोले त्यस्ता प्रकारका ठगी हुनबाट सतर्कता अपनाउनु हुन, त्यस्ता गतिविधि नगर्न नगराउन अन्य व्यक्ति, समुह, आफन्त, साथीभाइ समेतलाई सचेत गराउनु हुन तथा त्यस्ता गतिविधिहरु भएको कुनै सुना प्राप्त भएमा तत्काल आफ्नो नजिकको जिल्ला प्रशासन कार्यालय वा प्रहरी इकाईमा जानकारी गराउनु हुन सर्वसाधारणहरुमा अनुरोध गरिन्छ, साथै, त्यस्ता गैरकानुनी गठी कार्य गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने व्यहोरा सम्बन्धित सबै जानकारी गराइन्छ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयका अनुसार रोजगारी वा काममा लगानउे भनी प्रलोभन दिने, नियुक्ति, पदस्थापन र सरुवा बढुवा गराउने, भर्ना छात्रबृत्ति वा अध्ययनको अवसर उपलब्ध गराउन आश्वासन दिने, जग्गा वा घड.ेरी उपलब्ध गराउने, अनलाइनबाट चिठ्ठा वा अन्य लाभ प्राप्त भएको भन्दै कारोबार गर्न प्रोत्साहन गर्ने र घरमै बसी बसी काम वा रोजगारी वा आय आर्जन हुने भन्दै प्रलोभन दिने दिने जस्ता उपाय अपनाएर ठगी गर्ने प्रबृत्ति बढेको मन्त्रालयको भनाई छ ।

Share News