बैंकहरु कर्जा दिनै नसक्ने अवस्थामा, ९१% माथि पुग्यो सीडी रेसियो

<p>काठमाडौं । वाणिज्य बैंकहरु कर्जा लगानी गर्नै नसक्ने अवस्थामा पुगेका छन् । नेपाल बैंकर्स संघका अनुसार बैंकहरुको कर्जा लगानी र निक्षेप संकलन झन सुस्त हुँदै गएको छ । फागुन पहिलो सातामा बैंकहरुको कुल निक्षेप संकलन ४३ खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ । गत माघ महिनाको मसान्तमा कुल ४३ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप संकलन [&hellip;]</p>

काठमाडौं । वाणिज्य बैंकहरु कर्जा लगानी गर्नै नसक्ने अवस्थामा पुगेका छन् । नेपाल बैंकर्स संघका अनुसार बैंकहरुको कर्जा लगानी र निक्षेप संकलन झन सुस्त हुँदै गएको छ ।

फागुन पहिलो सातामा बैंकहरुको कुल निक्षेप संकलन ४३ खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ । गत माघ महिनाको मसान्तमा कुल ४३ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका बैंकहरुको निक्षेप फागुन पहिलो सातामा १ अर्ब मात्रै बढेको देखिएको हो ।

फागुनको पहिलो सातामा बैंकहरुको कर्जा लगानी ४ अर्ब रुपैयाँले मात्रै बढेको छ । माघ अन्तिम सातामा कुल ४१ खर्ब ५५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले फागुन पहिलो सातामा कुल ४१ खर्ब ५९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।
यस्तै, बैंकहरुको सीडी रेसियो ९१ प्रतिशत माथि पुगेको छ ।

Share News