अन्तर बैंकिङ दर ७ प्रतिशत पुग्यो, घरजग्गा कर्जामा कडाई

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले अन्तर बैंकिङ दर ७ प्रतिशत पुगाएको छ । आज (बिहीबार) चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै यस्ताे व्यवस्था गरेको हो । ‘मौद्रिक नीतिको कार्यदिशाको संकेतको रुपमा बैंकदरलाई विद्यमान ५ प्रतिशतबाट २ प्रतिशत बिन्दुले थप गरी ७ प्रतिशत कायम गरिएको छ । ब्याजदर करिडोरसँग सम्वन्धित स्थायी तरलता सुविधा दर [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले अन्तर बैंकिङ दर ७ प्रतिशत पुगाएको छ ।

आज (बिहीबार) चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै यस्ताे व्यवस्था गरेको हो ।

‘मौद्रिक नीतिको कार्यदिशाको संकेतको रुपमा बैंकदरलाई विद्यमान ५ प्रतिशतबाट २ प्रतिशत बिन्दुले थप गरी ७ प्रतिशत कायम गरिएको छ । ब्याजदर करिडोरसँग सम्वन्धित स्थायी तरलता सुविधा दर ७ प्रतिशत, नीतिगत रिपो दर ५.५ प्रतिशत र निक्षेप संकलन दर ४ प्रतिशत कायम गरिएको छ, विद्यमान अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातलाई भने यथावत कायम राखिएकोछ,’ समीक्षामा भनिएको छ ।

यस्तै, मौद्रिक नीतिको समीक्षा मार्फत घरजग्गा कर्जामा कडाई गरिएको छ ।

 

Share News