पुनः बढ्न थाल्यो तेलको मूल्य, वाणिज्य विभाग भन्छः मूल्य बढ्नुको कारण छैन

<p>काठमाडौं । पछिल्लो समय औषधि, दाल, खानेतेल, पाउरोटी, आटा चिनी, तेल लगायत दैनिक उपभोग्य वस्तुको मूल्य अनुचित रुपमा बढ्न थालेको छ । नेपालमा कोरोनाको तेस्रो लहरका संक्रमितको संख्यामा बृद्धि हुन थालेपछि सरकारले स्वास्थ्य मापदण्डमा कडाईसँगै उपत्यकाभित्र जोरविजोर लागु गरेको मौका छोपि उद्योगीहरुले मूल्य बढाउन थालेका छन् । जोरबिजोरको मौका छोपि ठूला उद्योगी तथा व्यवसायीले मूल्य [&hellip;]</p>

काठमाडौं । पछिल्लो समय औषधि, दाल, खानेतेल, पाउरोटी, आटा चिनी, तेल लगायत दैनिक उपभोग्य वस्तुको मूल्य अनुचित रुपमा बढ्न थालेको छ ।

नेपालमा कोरोनाको तेस्रो लहरका संक्रमितको संख्यामा बृद्धि हुन थालेपछि सरकारले स्वास्थ्य मापदण्डमा कडाईसँगै उपत्यकाभित्र जोरविजोर लागु गरेको मौका छोपि उद्योगीहरुले मूल्य बढाउन थालेका छन् ।

जोरबिजोरको मौका छोपि ठूला उद्योगी तथा व्यवसायीले मूल्य बढाउन थालेको खुद्रा व्यवसायीहरुले आरोप लगाएका छन् । नेपाल खुद्रा व्यापार संघको तथ्यांक कोभिड सुरु हुनुभन्दा अगाडी (२०७७ को फागुनमा) भटमासको तेलको प्रतिलिटर खुद्रा मूल्य १४० रुपैयाँ रहेकोमा हाल बढेर २४० रुपैयाँ पुगेको छ ।

यस्तै, प्रतिलिटर १७५ रुपैयाँ रहेको तोरीको तेल (काँचो) को खुद्रा मूल्य हाल २६० रुपैयाँ र भुटेको तोरीको तेल २७० रुपैयाँबाट ३६० रुपैयाँ पुगेको छ ।

नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधर व्यवसायीले आफूखुशी मूल्य बढाउने गरेको बताउँछन् ।

फेरि बढ्यो तेलको मूल्य

पछिल्लो समय खाने तोरिको तेल, सनप्लावर तथा भटमासको तेलको मूल्य बढेको छ ।

तुलाधार पछिल्लो एक साताको अवधिमा १० रुपैयाँदेखि २० रुपैयाँसम्म तेलको मूल्य बढेको बताउँछन् । ‘केही दिनअघिसम्म तेलको मूल्य ५ रुपैयाँ घटाइएको थियो, अहिले घटाइएको मूल्यभन्दा बढी मूल्य बढ्यो’, उनले भने, ‘तेल उद्योगीहरुले आफुखुशी मूल्य बढाउँछन् । अन्तर्राष्ट्रिय स्तर तथा भारतमा तेलको कच्चा पदार्थको मूल्य अथवा तेलको नै मूल्य बढ्यो भन्ने सुन्नासाथ नेपालका तेल उद्योगीले मूल्य बताउँछन् ।’

उनका अनुसार केही दिन अघिसम्म प्रतिलिटर २३५ रुपैयाँ रहेको सनफ्लावर तेलको मूल्य पुनः बढेर २५५ रुपैयाँ पुगेको छ ।

खुद्रा व्यवसायीले पटक/पटक तेल तथा चिनीको मूल्यमा भइरहेको मूल्य बृद्धिको विषयमा आवाज उठाउँदै आएपनि सरकारी निकायबाट वेवास्ता हुने गरेको उनको भनाई छ । उद्योगीलाई मूल्य बढाउन कुनै कारण नचाहिने उनको भनाई छ ।

मूल्य बढ्नुको कारण देखिदैनः विभाग

बजार अनुगमनको नियामक निकायको रुपमा रहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकारीहरु तेलको मूल्ल बढ्नुको कुनै कारण नभएको जनाएका छन् ।

विभागका अनुगमन अधिकृत धनेश्वर पौडेल खुद्रा व्यवसायी संघबाट आएको तथ्यांक अनुसार तेलको मूल्य बढ्नुको कुनै कारण नभएको बताउँछन् ।

‘हामी नियमित रुपमा नै बजार अनुगमनमा छौँ । पछिल्लो समय खाने तेलदेखि कुनै पनि दैनिक उपभोग्य वस्तुको मूल्य बढाउनु पर्ने कारण देखिदैन्, यदि उद्योगी तथा खुद्रा व्यवसायीले आफूखुशी मूल्य बढाएको पाइए हामी कारवाही गछौँ’, उनले भने ।

उनले पछिल्लो समय बजारमा सिटामोल अभाव भन्ने गुनासोका आधारमा विभागले सिटामोलमा केन्द्रीत भएर बजार अनुगमन गरिरहेको उनको भनाई छ । ‘हामी अहिले सिटामोल केन्द्रीत बजार अनुगमनमा छौँ, तर अनुगमनका क्रममा हामीले सबै क्षेत्रलाई हेरिरहेका छौँ, अहिले मूल्य बढ्नुको कुनै कारण छैन्’, उनले पुनः दोहोर्याए ।

Share News