साेमबार ३२६ नयाँ संक्रमित थपिए

<p>काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ३२६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ४९८ जनाको नमूना परीक्षण गरिएको थियो । गत २४ घण्टामा २५५ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । यससँगै भाइरस सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख १२ हजार ६७४ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९८ [&hellip;]</p>

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ३२६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ४९८ जनाको नमूना परीक्षण गरिएको थियो ।

गत २४ घण्टामा २५५ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । यससँगै भाइरस सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख १२ हजार ६७४ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा पीसीआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ४८ लाख ८० हजार २४ र एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या आठ लाख ३४ हजार १७७ पुगेको छ ।

Share News