कृषि सामाग्री कम्पनीका प्रबन्ध सञ्चालकसहित १२ जनामाथि १ अर्बको मुद्दा

<p>काठमाडाैं । डिएपी मल खरिदमा एक अर्बभन्दा बढि भ्रष्टाचार भएको कसुरमा कृषि सामग्री कम्पनीका प्रबन्ध निर्देशक सञ्चालकसहित कर्मचारी र ठेकेदारविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरिएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कृषि सामाग्री कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीसहित १२ जनाविरुद्ध भ्रष्टाचार गरेको कसुरमा मुद्दा दायर गरेको हो । कृषि तथा पशुपंछी विकास मन्त्रालय अन्तर्गतको कृषि [&hellip;]</p>

काठमाडाैं । डिएपी मल खरिदमा एक अर्बभन्दा बढि भ्रष्टाचार भएको कसुरमा कृषि सामग्री कम्पनीका प्रबन्ध निर्देशक सञ्चालकसहित कर्मचारी र ठेकेदारविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरिएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कृषि सामाग्री कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीसहित १२ जनाविरुद्ध भ्रष्टाचार गरेको कसुरमा मुद्दा दायर गरेको हो ।

कृषि तथा पशुपंछी विकास मन्त्रालय अन्तर्गतको कृषि सामाग्री कम्पनीले खरिद गरेको डीएपी मल नेपाल सरकारले तोकेको गुणस्तरमा नरहेको, कम गुणस्तरको मल खरिद गरी आर्थिक अनियमितता गरेको भन्ने उजुरी परेपछि अख्तियारले गरेको अनुसन्धानमा नेपाल सरकारलाई १ अर्ब नोक्सानी गरेको दावीसहित अख्तियारले विशेष अदालतमा भष्टचार मुद्वा दायर विशेष अदालतका प्रवक्ता दिपेन्द्रनाथ योगीले बताएका छन् ।

उनका अनुसार अख्तियार कृषि कम्पनीका प्रवन्ध सञ्चालक भण्डारीसहित १२ जना र आपूर्तिकर्ता दुई कम्पनी कमर्चरीलाई विपक्ष बनाएर मुद्वा दायर भएको छ । मल खरिद प्रकरण १ अर्ब ५३ लाख २२ हजार ४ सय ६ रुपैयाँ बहत्तर पैसा विगोसहित भ्रष्टाचार ऐन २०५९ को उपदफा १७ बमोजिम सजायको माग भएको बताए । उनले १ अर्बभन्दा माथिको भ्रष्टाचार भएको तथा सरकारी सेवकमा कार्यरत कर्मचारी भएकाले ऐनको दफा २४ अनुसार ३ वर्ष सजाय थप गरी ८ देखि १३ वर्ष कैद हुन सक्ने बताए ।

अख्तियारले गुणस्तर तथा नापतौल विभागबाट प्राप्त परीक्षण प्रतिवेदनबाट आयातित मल तोकिएको स्पेशिफिकेशन भन्दा कम गुणस्तरको रहेको भेटाए कृषि सामाग्री कम्पनीले स्पेशिफिकेशन बमोजिम नै गुणस्तर भएको भनी गलत परीक्षण प्रतिवेदन पनि बनाएको अख्तियारले ठहर गरेको हो ।

अख्तियारमा २०७८ जेठ १८ गते उजुरी परेको थियो । त्यही अनुसार अख्तियारले अनुसन्धान गर्दा कृषि कम्पनीले आपूर्तिकर्तालाई कूल रकमको ९० प्रतिशतले हुन आउने रकम १ अर्ब ५३ लाख रूपैयाँ भुक्तानीसमेत दिएको देखाएको हो ।।

Share News