बैंकको नाफामा राष्ट्र बैंकले कडाई गर्दा समस्या, लगानीकर्ता पलायन हुने जोखिम

<p>काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ (सिविफिन) ले नेपाल राष्ट्र बैंकले बैंकको नाफामा कडाइ गर्दा समस्या सिर्जना भएको बताएको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना कार्यक्रमको आयोजना गर्दै सविफिनले राष्ट्र बैंकले विभिन्न नीति मार्फत बैंकको नाफामा कडाई गरेकोले सम्पुर्ण बैंकिङ क्षेत्रमै समस्या देखिएको बताएको हो । सिविफिनका उपाध्यक्ष राजेश जोशिले राष्ट्र बैंकले छलफल विना [&hellip;]</p>

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ (सिविफिन) ले नेपाल राष्ट्र बैंकले बैंकको नाफामा कडाइ गर्दा समस्या सिर्जना भएको बताएको छ ।
शुक्रबार पत्रकार सम्मेलनको आयोजना कार्यक्रमको आयोजना गर्दै सविफिनले राष्ट्र बैंकले विभिन्न नीति मार्फत बैंकको नाफामा कडाई गरेकोले सम्पुर्ण बैंकिङ क्षेत्रमै समस्या देखिएको बताएको हो ।

सिविफिनका उपाध्यक्ष राजेश जोशिले राष्ट्र बैंकले छलफल विना नीति ल्याउँदा निति कार्यन्वयनमा समस्या भएको बताए । उनले राष्ट्र बैंकको नीतिमा समानता, स्थिरता, स्पस्टता सरोकारवालाको सहभागिता चाहिने समेत बताए ।

यस्तै, उनले पुँजी वृद्धि अचानक ल्याईदिदा, मुनाफामा कडाई गर्ने नीति ल्याउँदा निराशा सिर्जना भएर लगानीकर्ता नै पलायन हुने अवस्था आएको बताए ।

Share News