घरजग्गा कारोबारीको नजर होटलमा, चितवन र पोखराका एक दजर्न बढी होटलमा करोडौंंको मोलमोलाई

<p>काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना कोरोना भाइरसको कारण होटल व्यवसायीहरु समस्यामा परेपछि धमाधम होटलहरु बिक्री गर्न गर्न थालेका छन् । विशेष गरेर काठमाडौं उपत्यका बाहिरका पर्यटकीय क्षेत्र पोखरा र चितवन सौराहामा होटल खरिद बिक्री बढेको व्यवसायीको भनाई छ । होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराईले अहिले चितवनमा हाहेटल खरिद बिक्रिको क्रम बढेको बताए [&hellip;]</p>

काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना कोरोना भाइरसको कारण होटल व्यवसायीहरु समस्यामा परेपछि धमाधम होटलहरु बिक्री गर्न गर्न थालेका छन् । विशेष गरेर काठमाडौं उपत्यका बाहिरका पर्यटकीय क्षेत्र पोखरा र चितवन सौराहामा होटल खरिद बिक्री बढेको व्यवसायीको भनाई छ ।

होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराईले अहिले चितवनमा हाहेटल खरिद बिक्रिको क्रम बढेको बताए । उनका अनुसार कोरोनाको कारण दुई वर्षदेखि समस्यामा परेका व्यवसायीहरुको व्यवसाय अहिलेसम्म राम्रो सँग सञ्चालन हुन नसक्दा समस्यामा परेर धमाधम होटल बिक्रीमा राखिरहेका छन् ।

‘केही महिनाभित्रै सौराहामा तीन ठूला होटल बिक्री भइसकेका छन्, अझै पनि ८÷९ होटल बिक्रीमा छन्, किन्ने मान्छे आउनु भयो भने धेरेले अझै होटल बिक्री गर्ने मानसिकता बनाउनु भएको छ, अहिले चितवनमा घरजग्गाको कारोबार गर्नेहरु नै बढी होटल खरिद गर्नका लागि आउनु हुन्छ,’ अध्यक्ष भट्टराईले भने ।

उनका अनुसार सौराहमा न्यूनतम ४÷५ करोड रुपैयाँदेखि ४० करोड रुपैयाँको मोलमोलाई हुने गरेको छ । अहिले पनि ४० करोड रुपैयाँ पर्ने होटलहरु बिक्रीमा रहेको उनको भनाई छ ।

उनका अनुसार सौराहा जंगल एड्भेन्चर, वेस्ट वुड र रिभर फ्रन्ट रिसोर्ट बिक्री भइसकेका छन् छन् ।

विश्व महमामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणलाई ध्यानमा राख्दै नेपाल सरकारले पटक÷पटक गरेको बन्दाबन्दीका कारण व्यवसायी ठूलो समस्यामा परेका छन् । कोरोना कम हुँदै गएपछि अन्य व्यवसायहरु पुनरुत्थान अवस्थामा गएपनि विदेशी पर्यटक नआउँदा होटल व्यवसायमा भने समस्या यथायथ छ ।

अहिले पनि होटल व्यवसाय पर्यटन क्षेत्र अझै पर्ख र हेरको अवस्थामा छ । होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी कोभिडका कारण पोखराका अधिकाशं होटल व्यवसायी पेशाबाटै पलायन भएको बताउँछन् ।

‘कोभिड पछि पोखराका धेरै होटल व्यवसायीहरुले पेशा छोडेर पलायन भएका छन्, ३० प्रतिशतभन्दा बढीले पेशा नै छोडिसकेका छन्, अन्य धेरै व्यवसायीहरुले समेत होटल नै बिक्री गर्नुपर्ने निष्कर्शमा पुगिसकेका छन्,’ उनले भने ।

उनका अनुसार कोभिडका कारण होटल व्यवसायीहरु विजुली पानी र टेलिफोनको शुल्क तिर्न सक्ने अवस्थामा समेत नभएको बताए ।

विस्तारै विदेशी पर्यटक भित्रन थालेको समयमा नै पुनः अमिक्रोन भाइरस देखा परेपछि पर्यटन व्यवसायमा निराशा उत्पन्न हुन थालेको छ । पर्यटकीय सिजन सुरु हुन लागेको समयमा नै पुनः नयाँ भाइरस देखिदा धेरै होटल व्यवसायीहरु पेशाबाट नै पलायन भएको होटल व्यवसायीको दुखेसो छ ।

पोखराको लेकसाइडमा मात्रै १५ हजारबढी कर्मचारीहरु होटल व्यवसायमा आवद्ध भएकोमा हाल ५ हजारपनि व्यवसायमा नर्फिकिएको उनले बताए ।

‘हामी व्यवसाय सुचारु गर्ने कि बन्द गर्ने भन्ने दोधारमा छौं, कर्मचारीलाई बोलाएर पुनःसुचारु गर्दा पर्यटक आएनन् भने खर्च मात्र बढ्छ, सुचारु नगरौँ पर्यटक आए भने होटल पाउनै समस्या हुनसक्छ, हामी व्यवसायलाई निरन्तरता दिने कि केही समय बन्द गर्ने भन्ने विषयमा नै अन्यौल बनेका छौँ’, उनले भने ।

होटल संघ नेपाल (हान) का उपाध्यक्ष विनायक शाह कोभिड–१९ पछि होटल क्षेत्रमा धेरै समस्या देखिएको बताउँछन् । सञ्चालन गर्नसक्ने अवस्था नै नभएपछि केही व्यवसायी पेशाबाट समेत पलाएन भएको सुनेको उनले बताए ।

Share News