सार्वजनिक सुचना प्रकाशित गरेर पनि राष्ट्र बैंकले किन संचालनमा ल्याएन यी नोट ?

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले २०७५ साल बैशाख १२ गते एउटा सार्वजनिक सुचना प्रकाशित गरेको थियो । सो सुचनामा २०७३ सालको सेरिजका ५०० रुपैयाँ दरका बैंकनोट संकेत नम्बर ङ/४६०००००१ देखि छ/४०९९९९९९ सम्म चलनचल्तीमा ल्याइने भनिएको थियो । तर, राष्ट्र बैंकले पुस ९ गते अर्काे सुचना प्रकाशित गरी संकेत न. ङ/४६०००००१ देखि छ/३७९९९९९९ सम्मका ५ सय [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०७५ साल बैशाख १२ गते एउटा सार्वजनिक सुचना प्रकाशित गरेको थियो । सो सुचनामा २०७३ सालको सेरिजका ५०० रुपैयाँ दरका बैंकनोट संकेत नम्बर ङ/४६०००००१ देखि छ/४०९९९९९९ सम्म चलनचल्तीमा ल्याइने भनिएको थियो ।

तर, राष्ट्र बैंकले पुस ९ गते अर्काे सुचना प्रकाशित गरी संकेत न. ङ/४६०००००१ देखि छ/३७९९९९९९ सम्मका ५ सय रुपैयाँका नयाँ नोट मात्रै चलनचल्तीमा ल्याइएको जानकारी दिएको छ ।

राष्ट्र बैंकको यो सुचना अनुसार केही नोट चलनचल्तीमा ल्याउने भनेर सार्वजनिक सुचना प्रकाशित गरेपनि चलनचल्तीमा ल्याइएको छैन । राष्ट्र बैंकले छापेर ल्याएको नोट सार्वजनिक सुचना प्रकाशित गरी चलनचल्तीमा ल्याइएको जानकारी दिएर मात्रै बजारमा पठाउने गरेको छ । नयाँ नोट चलनचल्तीमा ल्याउने र त्यसको कानुनी प्रक्रिया पूरा गर्ने कार्य राष्ट्र बैंकको नोट विभागले गर्छ ।

चलनचल्तीमा ल्याइएको भनेर सार्वजनिक सुचना प्रकाशित गरेपछि पनि किन केही नोटिहरु चलनचल्तीमा ल्याइएन भनेर हामीले नेपाल राष्ट्र बैंकको नोट विभागका प्रमुखको जिम्मेवारीमा रहेका कार्यकारी निर्देशक रेवती नेपाललाई सोधेका छौं ।

‘हामीले एक पटक नोट छपाईमा दिदा २५ करोड थानदेखि बढीको संख्यामा दिने गरेका छौं, एकै पटक धेरै संख्यामा नोट छपाई गर्दा प्रिन्टिङ खर्च कम पर्छ, यसरी छपाई गर्दा केही नोट खेर जाने भएकोले हामीले प्रेसलाई खेर जान सक्ने सम्भावित संख्या बढी छाप्न दिएका हुन्छौं, अर्थात बफर राखेका हुन्छौं, त्यसैकारण संचालनमा ल्याउने भनिएका नोटहरु पहिला जति अर्डर गरिएको हुन्छ, त्यति संख्याकाले मात्रै पुग्यो भने सार्वजनिक सुचना प्रकाशित भएका केही संकेत नम्बरहरु संचालनमा ल्याउनु नपर्ने हुन सक्छ, अहिले भएको यही हो,’ कार्यकारी निर्देशक नेपालले भने ।

Share News