नोट ढुवानी गर्न राष्ट्र बैंकलाई ट्रक चाहियो, ६ खर्ब ६५ अर्ब रुपैयाँ नोट बजारमा

<p>काठमाडौं । गभर्नर महा प्रसाद अधिकारीको नेतृत्वमा नेपाल राष्ट्र बैंकले डिजिटल कारोबार अभियानको रुपमा प्रवद्र्धन गरिरहेको छ । आर्थिक कारोबारलाई पारदर्शी बनाउने, अदृष्य अर्थतन्त्रलाई दृष्य बनाउन, नोट छपाई र सर्कुलेशनमा हुने खर्चलाई कम गर्न, नक्कली नोट कारोबारको जोखिमलाई कम गर्ने उदेश्यसहित राष्ट्र बैंकले नोटको कारोबार कम गर्न प्रयास गरिरहेको छ । नोटको प्रयोगले समस्या सर्वसाधारण [&hellip;]</p>

काठमाडौं । गभर्नर महा प्रसाद अधिकारीको नेतृत्वमा नेपाल राष्ट्र बैंकले डिजिटल कारोबार अभियानको रुपमा प्रवद्र्धन गरिरहेको छ । आर्थिक कारोबारलाई पारदर्शी बनाउने, अदृष्य अर्थतन्त्रलाई दृष्य बनाउन, नोट छपाई र सर्कुलेशनमा हुने खर्चलाई कम गर्न, नक्कली नोट कारोबारको जोखिमलाई कम गर्ने उदेश्यसहित राष्ट्र बैंकले नोटको कारोबार कम गर्न प्रयास गरिरहेको छ ।

नोटको प्रयोगले समस्या सर्वसाधारण र अर्थतन्त्रलाई मात्र पारेको होइन, नोट छाप्ने, नोट वितरण गर्ने, मुद्रा बजारको नियमन गर्ने जिम्मेवारी लिएको नेपाल राष्ट्र बैंकलाई नोट बोक्न बोकाउन पनि कठिन भएको छ । अर्थतन्त्रको साइज बढ्दै गर्दा, नोटको सर्कुलेशन बढ्दै गर्दा नोटको ढुवानी पनि राष्ट्र बैंकको लागि बोझिलो काम भएको छ ।

अनौठो पक्ष के छ भने नोट तोडाचलान (ढुवानी) गर्न राष्ट्र बैंकले ट्रक र वस व्यवसायीलाई टेण्डर खुलाएको छ । राष्ट्र बैंकले नोट कोषको जिम्मेवारी तोकेका राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकका विभिन्न शाखामा आवश्यक परेको समयमा नोट तोडाचलान गर्नको लागि ट्रक तथा बस आवश्यक भएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका प्रवक्ता डा गुणाकर भट्टका अनुसार हाल बजारमा ६ खर्ब ६५ अर्ब रुपैयाँ बराबरको नोट चलन चल्तीमा रहेको छ । डिजिटल कारोबारसँगै भौतिक रुपमा नोटको कारोबार पनि नियमित रुपमा बढ्दै गएकोले यसकाे तोडाचलानका लागि हेविइक्वीप्टमेन्ट आवश्यक भएकाे उनले बताए ।

अहिले राष्ट्र बैंकको नोट कोषमा रहेका बैंक तथा वित्तीय संस्थाहरुको लागि नोट पठाउन ढुवानीको गर्न टेण्डर प्रकाशन गरिएको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती नेपालले बताए ।

‘राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकका विभिन्न स्थानमा हाम्रो नोट कोषहरु छन्, ती कोषहरुबाट सो क्षेत्रमा नोटको आपूर्ति हुन्छ, नोट कोषहरुसम्म नोट पुर्याउनको लागि ढुवानीको टेण्डर निकालिएको हो,’ कार्यकारी निर्देशक नेपालले विकासन्युजसँग भने ।

यस्ता नोट कोषहरु देशभर गरेर १२ वटा जति छन् ।

Share News